Breaking News

कृषि

कृषि मिटरको महसुल पचरौता नगरपालिकाले तिरिदियो

इन्दिप कोइराला/बारा, १६ माघ किसानलाई सहुलियतका लागि बाराको पचरौता नगरपालिकाले नगरक्षेत्रमा चलाइएको कृषि मिटरको महसुल रकम नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको छ । पचरौता नगरपालिका नगरप्रमुख जलन्धर सिंह जैसवार र वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी साहले सोमबार काठमाडौं गई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत् मिटरको महसुल बुझाएका हुन् । नगरपालिकाकको नगर सभाको निर्णय अनुसार यस अघिको ... Read More »

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

बागलुङ, १२ माघ ।  १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई  प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जीवन विक रहेका छन् । आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको र जीवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई ... Read More »

कोदो खेती गर्नेलाई राइनास नगरपालिकाको अनुदान

लमजुङ, ९ माघ लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ । व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो । सम्भाव्यताको आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो । नगरपालिकाको मूल्य निर्धारण समितिले बजार मूल्यलाई ... Read More »

शिवनगरमा विषादी व्यवस्थापन तालिम सम्पन्न

आरके श्रीवास्तव,गरूडा,माघ ६ गते राैतहटमा विषादी व्यवस्थापन तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र रौतहट को आयोजनामा तीन दिने विषादी व्यवस्थापन तालिम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र गौर, रौतहटको आयोजना तथा बाली संरक्षण प्रयोगशाला, सिरहाको सहकार्यमा विषादी व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । जिल्लाकाे गरुडा नगरपालिका ... Read More »

संकटमा रौतहटको बिर्ति प्रष्टोकाका नर्सरी व्यवसायी

आरके श्रीवास्तव,गरूडा,माघ ०१ गते रौतहटमा विरूवाहरू उचित मूल्यमा बिक्री नहुँदा नर्सरी व्यवसाय संकटमा पर्दै गएको छ । कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ति प्रष्टोकाका नर्सरी व्यवसायीहरू अहिले आर्थिक संकटको सामना गरिरहेका छन् । उनीहरु नर्सरी व्यवसाय छोडेर विस्थापित हुने अवस्था सृजना भएको छ । पहिला चलन चलतीमा रू५० मा बिक्री हुने बिरुवा अहिले २० देखि २५ रूपैयाँ बिक्री हुन थालेपछि ... Read More »

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त 

दिलमाया शाही  ,जुम्ला, २७ पुस । सिंजा गाउँपालिका–६ का  किसान दलबहादुर रोकाया स्याउका बगैँचा ब्यवस्थापनमा व्यस्त छन् । उनी बोटको काँटछाँट गरेको खण्डमा स्याउबाट राम्रो आम्दानी हुने बताउँछन् । जुम्लाका स्याउ किसानका लागि बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय सुरु हुन लागेको छ । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ। सिंजा ... Read More »

रोगको प्रकोपले रित्तियो लामीडाँडाको सुन्तला बगान

खोटाङ, २२ पुस  कुनैबेला खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा सुन्तला उत्पादनका लागि प्रख्यात थियो । हाँगो निहुराएर फल्ने सुन्तला लामीडाँडा विमानस्थलबाट काठमाडौं र विराटनगरसम्म पुग्थे । सुन्तला उत्पादनबाट लामीडाँडाका किसानले लोभलाग्दो आर्थिक उपार्जन गर्थे । लामीडाँडाको सयौं रोपनी जग्गामा लगाइएका सुन्तलाको हरियो झाङको दृश्य टाढा–टाढाबाट मनमोहक देखिन्थ्यो । किसानको मुख्य आय श्रोत तिनै रहरलाग्दो सुन्तला बगान थियो । तर विगत दशक ... Read More »

सितलपुरमा वडा अध्यक्ष यादवले कृषि सडक धमाधम विस्तार गराउँदै

आरके श्रीवास्तव,गरुडा,पुस २१ गते रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको सितलपुरमा कृषि सडक विस्तार भएको छ । सो नगरपालिकाको वडा नम्बर २ मा किसानहरुलाइ सहज हुने उदेश्यले वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले तत्काल आफनै लगानीमा भएपनि धमाधम चौरी तर्फ सडक विस्तार गराइ रहनु भएको छ । केही दिन अघि मात्रै दक्षिणवारी चौरतीर कृषि सडक विस्तर गरेका उनले पूर्ववारी चौरतीर ... Read More »

सिँचाइ कुलोले जुम्ली किसानमा ल्यायाे खुशी

दिलमाया शाही/जुम्ला, १९ पुस चन्दनाथ नगरपालिका–९ की नन्दलक्ष्मी रावलले सिँचाइ कुलो निर्माण भएपछि खेतीकिसानीबाट निकै नै राम्रो प्रतिफल लिन थालेको बताइन् । सिँचाइ सुविधा हुनुअघिसम्म जसोतसो एक बाली लगाउने रावल अहिले दुई बालीसम्म भित्र्याउँछिन् । सिँचाइपछि चन्दननाथ–९ मा रिमिज्युलोमा खेत भएका सबै किसान निकै खुशी छन् । उमगाड सिँचाइ कुलो निर्माणपछि किसानले बालीमा सहजै सिँचाइ गर्न पाएका छन् । कृषि विकास ... Read More »

सितलपुरमा वडा अध्यक्ष यादवले गराए पैनी जिर्णाेद्वार सँगसँगै कृषि सडक विस्तार

रूपेश यादव,फतुवा बिजयपुर,पुस १५ गते रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको सितलपुरमा कृषि सडक विस्तार गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ मा किसानहरुलाइ सहज हुने उदेश्यले वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले तत्काल आफनै लगानीमा चौरी तर्फ सडक विस्तार गराउनु भएको हो । सहज सिंचाई पुर्याउन तथा धान,गहुँ,मकै लगायत अन्य बालि किसानहरुलाइ ढुवानी गर्न सहजताको लागि वर्षाैदेखि बन्द ... Read More »

Bajjikanchal Khabar