Breaking News

बज्जिकाञ्चल खबर

समयमा कार्यालयमा आउन वडा कर्मचारहिरुलाइ वडा अध्यक्ष अनिरुद्ध यादवको निर्देशन

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय यादवले वडा कार्यालयमा काम गर्ने कर्मचारहिरु सँग बैठक बसी समयमा कार्यालयमा आउन निर्देशन दिएका छन् । कर्मचारीहरु समयमा कार्यलय नआउने गरेको गुणासो बढेपछि वहाँले यस्तो कदम चाल्नु भएको हो । वडा अध्यक्ष यादवले आज कर्मचारी र जनप्रतिनीहरु छलफलका लागि मिटिङ्ग ... Read More »

श्री जनता मावि सोनरनियमा आँखा तथा कान शिविर सम्पन्न

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते श्री जनता माध्यमिक बिधालय सोनरनियाका बालबालिकाहरुलाई लक्षित गर्दै आयोजना गरिएको आँखा तथा कान शिविर सम्पन्न भएको छ । आँखा र कान सम्बन्धी स्वास्थ्य समस्या भएका बालबालिकाहरुको लागी शिविर सञ्चालन गरिएको थियो । मौलापुर नगरपालिका वडा नम्बर ८ र ९ सोनरनियमा पर्ने सो बिधालयमा एक दिने आँखा तथा कान सम्बन्धी शिविर सम्पन्न भएको हो । शहिद दिवसको ... Read More »

कटहरियाको श्री आवि हथियाहीमा छात्रवृक्ति वितरण

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर २ हथियाही टोल स्थित श्री आधारभूत विधालयमा आ.व. २०७७।७८ तथा आ.व.२०७८।०७९ को नगद छात्रवृक्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । विधालय व्यवस्थापन समिति अध्यक्ष अनुठा राय यादवको अध्यक्षतामा तथा विधालय व्यवस्थापन समिति सदस्य मनोज कुमार यादव,संजय राय यादव,बचन राय यादवको उपस्थितीमा वितरण कार्य गरिएको हो । आ.व. २०७७।७८ मा छात्रवृत्ति ... Read More »

रौतहटमा स्थानीय तहको स्व–मूल्यांकनमा राजपुर नगरपालिका पहिलो

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते रौतहटका स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्यांकनसम्बन्धी नतिजा सार्वजनिक भएको छ । गत आर्थिक वर्ष ०७८÷७९ को स्व–मूल्यांकन नतिजा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७८÷७९ मा सम्पादन क्रियाकलापको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी स्व–मूल्यांकन नतिजा सार्वजनिक गरिएको हो । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकनमा राजपुर नगरपालिका पहिलो भएको छ । ... Read More »

वृदावनलाई पराजित गर्दै कटहरिया विजयी

आरके श्रीवास्तव, गरुडा, माघ १५ गते रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आईतवार सम्पन्न भएको खेलमा कटहरिया नगरपालिकाले वृदावन नगरपालिकालाई ३ विकेटले पराजित गरेको छ । सो गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरीय अध्यक्ष कप अन्तर्गत आजको खेलमा वृदावन नगरपालिकाले टस हारेर पहिला ब्याटिंग गरेर निर्धारित २० ... Read More »

रौतहटमा एमाले बाट निर्वाचित दुइ जना मेयर लाइ सोधियो स्पष्टीकरण

रौतहट,माघ १५ गते नेकपा एमालेले मौलापुर नपाकी मेयर रिना देवी साहले पहिले सोधेको स्पष्टीकरण को जवाफ नदिएको भन्दै अर्को स्पष्टीकरण सोधेको छ । मेयर साह लाई माघ ५ गते दोश्रो पटक नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवले स्पष्टीकरण सोधेका छन । नेकपा (एमाले) को सूर्यछाप लिएर रौतहट जिल्ला मौलापुर नगरपालिकामा मेयर (प्रमुख) पदमा विजयी भइ कार्य गर्दै आइरहनु ... Read More »

चन्द्रनिगाहपुरका सरकारी तथा निजि अस्पतालमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालद्धारा फलफुल वितरण

उपेन्द्र गोले रौतहट १५ माघ रौतहटको चन्द्रगिाहपुरमा रहेका सरकारी तथा निजि अस्पतालहरुका बिरामीहरुलाई आइतबार श्री कृष्ण प्रणामी युवा परिषद नेपाल रौतहटले फलफुल वितरण गरेको छ । चन्द्रनिगाहपुर क्षेत्रमा रहेको सरकारी अस्पताल , निजि चन्द्रपुर हस्पिटल, एपोलो हस्पिटल र सिविल अस्पतालमा भर्ना भएका २५ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको श्री कृष्ण प्रणामी युवा परिषद नेपाल रौतहटका अध्यक्ष बिमल सापकोटाले तराई पोष्टलाई ... Read More »

गढिमाइमा घरबाटै ट्याक्टर चोरी

आरके श्रीवास्तव,गरूडा,माघ १४ गते रौतहटमा घरबाटै ट्याक्टर चोरी भएको छ । जिल्लाको गढिमाईमा घरबाटै ट्याक्टर चोरी भएको हो । सो नगरपालिकाको वडा नम्बर ६ धर्मपुरबाट ट्याक्टर चोरी भएको पिडितले बताएको हो । शुक्रबार राती आफ्नै घर अगाडि पार्किङ गरेर राखेको ना ५ त ९२३७ नम्बरको ट्याक्टर चोरी भएको ट्याक्टर धनी सन्तोष यादवले बताए । पछिल्लो समय जिल्लामा सवारी साधनहरु चोरी ... Read More »

ईशनाथमा चिसोबाट बच्ने उपायबारे जनचेतनामुलक कार्यक्रम सम्पन्न

आरके श्रीवास्तव,गरूडा,माघ १४ गते रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा चिसोबाट बच्ने उपायबारे जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर १ स्थित बन्जारहा बजारमा शनिबार कार्यक्रम सम्पन्न भएको प्रहरीले जानकारी दिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत समुदाय प्रहरी वडा समिति १ नम्बर ईशनाथ नगरपालिकाको आयोजनामा र जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको ईलाका प्रहरी कार्यालय बन्जारहाको सहयोगमा सो ... Read More »

देवाहीगोनाहीमा जसपाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

आरके श्रीवास्तव,गरूडा,माघ १४ गते रौतहटको देवाहीगोनाहीमा जसपाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल देवाही गोनाही नगर कमिटी द्वारा आयोजित भेलामा पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले अध्यक्षता गर्नु भएको थियो । सो भेलामा जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य बिश्वनाथ पटेलको प्रमुख अतिथ्यता रहेको थियो । सो नपाको वडा नम्बर ८ स्थित रहेको बौधिदेवी ... Read More »

Bajjikanchal Khabar