Breaking News

पत्रपत्रिकाबाट

नेपाल पत्रकार महासंघ राैतहटशाखको साधारणसभा २६ गते दुर्गा भगवतिमा

कार्तिक २२ गते राम प्रबेश बैठा राैतहट । नेपाल पत्रकार महासंघ राैतहटको साधारण सभा दुर्गा भगवति गाउँ पालिकाको सामुदायिक भवनमा यही कार्तिक २६ गते शनिवार हुने भएकोछ । जिल्ला कार्य समिति सचिव मदन ठाकुर( धनन्जय) ले दिनु भएको जानकारी अनुसार केन्द्रीय कार्यालयले गरेकेा परिपत्र अनुसार कार्तिक मसान्त भित्र सम्पन्न गर्न ताेके बमोजिम गर्न लागेको हाे । जिल्लाका सबै पालिकामा पत्रकार ... Read More »

नेपाल पत्रकार महासंघ राैतहटशाखको

साधारणसभा २६ गते दुर्गा भगवतिमा कार्तिक २२ गते राम प्रबेश बैठा राैतहट ।नेपाल पत्रकार महासंघ राैतहटको साधारण सभा दुर्गा भगवति गाउँ पालिकाको सामुदायिक भवनमा यही कार्तिक २६ गते शनिवार हुने भएकोछ । जिल्ला कार्य समिति सचिव मदन ठाकुर( धनन्जय) ले दिनु भएको जानकारी अनुसार केन्द्रीय कार्यालयले गरेकेा परिपत्र अनुसार कार्तिक मसान्त भित्र सम्पन्न गर्न ताेके बमोजिम गर्न लागेको हाे । ... Read More »

आधा खनियो थानकोट–सिस्ने खोला सुरुङ

बैशाख १३ मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा ९पूर्व० र नौबिसे ९पश्चिम०तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताए । अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर र पश्चिमतर्फ ५८१ मिटर खनिएको छ । ... Read More »

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

काठमाडौं, बैशाख ७ चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक ... Read More »

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

काठमाडौं, बैशाख ७ मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुँ) आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको ... Read More »

त्रिविमा ३ महिनादेखि तालाबन्दी

काठमाडौं, बैशाख ७ औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन । तर, ती कार्यालयको काम भने रोकिएको छैन। तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू ... Read More »

१४ सांसदविरुद्धको मुद्दाः पेसी तोक्ने, पालो नआउने

काठमाडौं, चैत्र २९ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दा र एकीकृत समाजवादीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर मुद्दामा सर्वोच्च अदालतबाटै ढिलासुस्ती भएको छ । एमालेले आफ्ना सांसदसहितबाट बनेको नयाँ दलको वैधानिकतमा प्रश्न उठाउँदै रिट दायर गरेको थियो । सो रिटलाई सर्वोच्च अदालतले सामान्य हिसाबको मुद्दाको सूचीमा राखेर हेर्न नभ्याउने सूचीमा राख्दै आएको छ । जसका कारण ... Read More »

‘ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू’

काठमाडौं, चैत्र २९ गते  पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् । सोमबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भएको हो । बाँकी ६ हजार ७ सय ... Read More »

गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप

काठमाडौं, चैत्र २९ गते सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ । सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग गर्ने औपचारिक घोषणा गरेका छन् । सो घोषणासँगै एमालेले ... Read More »

उम्मेदवार बन्न शिक्षकले दिन थाले धमाधम राजीनामा

चैत्र ८ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन् । राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलले सोमबारको कुराकानीमा पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न थालेको बताए । उनले भनेः ‘अहिले राजीनामा ... Read More »

Bajjikanchal Khabar