Breaking News

धर्म संस्कृति

रौतहटमा सरस्वती माताको मूर्ति गरियो बिसर्जन

आरके श्रीवास्तव,गरूडा,माघ १३ गते रौतहटमा सरस्वती माताको मूर्ति बिसर्जन गरिएको छ । बिहीबार जिल्लाको शैक्षिक संस्थाहरू बिधालय तथा सरस्वती माताको मन्दिरमा पूजापाठ गरी धुमधामका साथ सरस्वती पुजा गरिएको थियो । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन रौतहट सहित देशभरमा सरस्वती पुजा गरी मनाईन्छ । यो दिन सरस्वती माताको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । त्यस्तै पुजा गरी ... Read More »

भुमिकास्थानमा पाथीभरामाताको मुर्ति स्थापना, धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

अर्घाखाँची, १३ माघ । अर्घाखाँचीको भुमिकास्थान–१०, धनचौर–सेङलेङ्गमा पाथीभरामाताको मूर्ति अनावरण गरिएको छ । १८५४ सालमा पाथिभरामाताले पाइला टेकेको किम्वदन्तीअनुसार सेङलेङ्गको टापुमा  पाथीभरा मन्दिर स्थापना गरिएको हो । योसँगै पर्यटकको भित्र्याउने लक्ष्य लिइएको छ । श्रीपञ्चमीको  अवसर पारेर आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले पाथीभरा माताको मूर्ति अनावरण गरेका हुन् । रायमाझीले अर्घाखाँचीको धार्मिक ... Read More »

नेपाल पुलिस स्कूल बसबिट्टी जिंगडियामा सरस्वती पुजाको उपलक्ष्यमा विभिन्न कार्यक्रम

आरके श्रीवास्तव,गरुडा,माघ १२ गते सरस्वती पुजाको अवसरमा नेपाल पुलिस स्कूल बसबिट्टी जिगडियाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । संघिय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक ध्रुव राज राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोे प्रिन्सिपल विणा झाले बताइन् । सर्वप्रथम विधालय परिसरमा स्थापित सरस्वती मन्दिरमा विधिपुर्वक पुजा तथा प्रसाद वितरण गरिएको उनले बताइन् । पुजा लगत्तै मञ्चको कार्यक्रम गरिएको थियो । सो ... Read More »

कटहरियाकी उपमेयर रिता देवी सरस्वती पूजामा भईन् सहभागी (फाेटाे फिचर)

मंजय राम,कटहरिया,माघ १२ गते राैतहट जिल्लाकाे कटहरिया नगरपालिकाकि उप प्रमुख रिता देवी यादव नगर भरि सहित विभिन्न ठाउँमा भएको सरस्वती पूजामा सहभागी भएकि छिन् । कटहरिया नगरपालिका अन्तर्गत रहेको सामुदायिक एवम् निजी बिधालयमा भएको सरस्वती माताकाे पुजा/प्रतिमा स्थलमा पुगेकी थिईन् । नगरपालिका अन्तर्गतकाे श्री नमूना माध्यमिक बिधालय कटहरिया,श्री मावि भसेढवा सहितका स्कुलमा पुगेकी थिइन् । साथै उनी निजी बिधालयहरू श्री ... Read More »

आज सरस्वती पूजा, सरस्वती मन्दिरहरूमा घुइँचो

काठमाडौं, १२ माघ । आज सरस्वती पूजा, काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ । आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ । सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरिने भएको आजबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने भएकाले बिहानैदेखि मन्दिरहरुमा घुइँचो लागेको हो । स्वयम्भू, मैतिदेवी, हनुमानढोकासहितका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो ... Read More »

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिदै

मँजय राम,कटहरिया,माघ १२ गते रौतहटको कटहरिया नगरपालिकाको शैक्षिक संस्थाहरुमा सरस्वतीमाताको पूजा पाठ गर्न भव्य तयारी गरिएको शिक्षा संयोजक अनिल निधीले जानकारी गराउनु भयो । त्यस्तै फतुवा बिजयपुर नगरपालिकाको शैक्षिक प्रतिष्ठानमा सरस्वती पूजाको भव्य तयारी गरिएको शिक्षा संयोजक तेजनारायण यादवले जानकारी गराए । यता गुजरा नपामा पनि पूजाको भव्य तयारी गरिएको शिक्षा शाखा प्रमुख शिवमंगल साहले जानकारी गराउनुभयो । समग्रमा जिल्लभरी ... Read More »

गुजराकाे हर हर महादेव मन्दिर सहयोगको पर्खाइमा

आरके श्रीवास्तव,गरूडा,माघ ०६ गते  राैतहटकाे गुजरा नगरपालिका ३ कनकपुर सिमराकाे हर हर महादेव गुफा मन्दिर सहयोगको पर्खाइमा रहेको देखिएको छ । हर हर महादेव गुफा मन्दिरको निर्माण कार्य लगभग ८० प्रतिशतको सम्पन्न भएको मन्दिरका पुजारी एकताले झुनझुनिया बाबाले बताउनु भएको छ । विक्रम सम्वत २०५५ सालदेखि आफ्नो घर परिवारलाई त्यागेर शिव आराधनामा लागेका तथा आफू भगवान महादेवको लागि आफ्नो जीवन ... Read More »

बलिदानी दिवसको अबसरमा आयोजना गरिएको वैडमिन्टन प्रतियोगिता सम्पन्न

सत्येन्द्र प्रताप सिंह माघ ६ रौतहट मधेस आन्दोलनका सहिदको सम्झनामा हरेक बर्ष माध ५ गते मनाईने वलिदानी दिवसको अवसरमा गाैरमा आयोजना गरिएको वैडमिनटन प्रतियोगिता सम्पन्न भएको छ । समाजवादी विधार्थी युनियन राैतहटको आयोजना तथा दियालो युवा कल्व गाैरको सहयोगमा गौर राईस मिल हलमा सम्पन्न भएको छ । सो बैडमिन्टन प्रतियोगिताको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय रौतहटको टिमले नेपाल पुलिस स्कुल ... Read More »

अर्घाखाँचीमा मनाइयो योग दिवस

हरिप्रसाद भुसाल/अर्घाखाँची, १ माघ आठौं राष्ट्रिय योग दिवस अर्घाखाँचीमा पनि मनाइएको छ । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले योग साधकका साथ योग दिवस मनाएको हो । केन्द्रको हलमा दैनिक योग गर्ने योगसाधकहरूका बीचमा दिवस मनाइएको केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्यले जानकारी दिए । दिवस समारोहमा योग साधक तथा नेपाल टेलिकम अर्घाखाँचीका प्रमुख गोविन्द पराजुली, युवा व्यवसायी तथा राजनीतिज्ञ हरिप्रसाद ... Read More »

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं, १ माघ आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई ... Read More »

Bajjikanchal Khabar