Breaking News

सुदूरपश्चिम प्रदेश

थारु वस्तीमा माघी र नयाँ वर्षकाे रमझम

मोहन जोशी/धनगढी, ३० पुस १ माघ (माघी) अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४६ सुरु हुँदैछ । जसका लागि थारु समुदाय तयारीमा जुडेकाे छ । माघि र नयाँ वर्षलाई धुमधामका साथ मनाउने थारु समुदाय मघौटा, धमार झुम्रा नाचमा रमाउने गर्छ । ... Read More »

सुदूरपश्चिममा सभामुखका लागि मनोनयन हुँदै

धनगढी, २७ पुस । सुदूरपश्चिम प्रदेश सभामुखका लागि नेकपा माओबादी केन्द्रमा तीन जना आकांक्षी देखिएका छन् । भोलि (बिहीबार) १ बजे बस्ने प्रदेश सभा बैठकले सभामुख चयन गर्ने कार्य तालिका छ । त्यसका लागि आज मनोनयन दर्ता गर्ने तालिका  छ । प्रदेश सभा सचिवालयका अनुसार आज बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म मनोनय गर्ने समय तोकिएको छ । दिउँसो ... Read More »

सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्न नागरिक उन्मुक्तिले माग्यो लिखित सहमति

मोहन जोशी/धनगढी, २७ पुस सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा समर्थनका लागि नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी सहितका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने लिखित सहमति माग गरेको छ । सत्ता साझेदार दल माओवादी र एमालेका अध्यक्ष सामु रेशम चौधरीलगायत टिकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ता रिहाई गर्ने लिखित प्रतिबद्धता मागेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । ‘सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि ... Read More »

सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षमा ६७ वटा ऐन बनायाे तर ३७ वटा दराजमै थन्किए

मोहन जोशी/धनगढी, २५ पुस जनसरोकारका ऐन बने पनि अघिकांस कार्यान्वयनमा आएनन् १८ भदाै ०७७ मा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको प्रदेश रेडियो, एफएम. र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि प्रदेश सरकारले अझै कार्यान्वयन गर्न सकेको छैन । कार्यविधि बनेको लामो समयसम्म प्रदेश सरकारले सो कार्यविधिले निर्दिष्ट गरेअनुसार आवश्यक कानुन निर्माण गर्न सकेको छैन । प्रदेशमा रहेका एफएम, रेडियो, पत्रपत्रिकाको व्यवस्थापन, ... Read More »

सरकारको निर्णय पर्खदै नागरिक उन्मुक्ति

मोहन जोशी/धनगढी, २३ पुस पुस १० गते माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउन समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिने भन्ने बारेमा छलफल अघि बढाएको छ । टिकापुर घटनाका विषयमा छानविन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, देविराम शर्मा समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, टिकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका रेशम चौधरी सहति नेता ... Read More »

‘ठग’ नटरलाल पक्राउ

धनगढी, २१ पुस विभिन्न बाहना तथा छुट्टाछुट्टै परिचय दिएर करौडैंको ठगि गर्दै आएका नटरलाल उप नामले परिचित दार्चुलाका पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको छ । बैंक तथा वित्तिय संस्थाको प्रमुख रहेको र त्याहा बाट ऋण उपलप्ध गाईदिने बहानामा होस वा अर्काको नामको जग्गा आफ्नो भन्दै वेचेर नक्कली पूर्जा दिने, महिलाको अस्लिल भिडियो बनाई बार्गेनिङ गर्ने जस्ता अपराधिक क्रियाकलापमा संलग्न भएको ... Read More »

सुदूरपश्चिममा कसकाे नेतृत्वमा बन्ला सरकार ?

मोहन जोशी/धनगढी, २१ पुस सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले २७ पुसभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश सदस्यलाई आह्वान गरेका छन् । एक दलको नेतृत्वमा सरकार बन्ने सम्भावना नभएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको प्रतिनिधित्व गर्दै बहुमत जुटाउन सक्ने सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुखको आह्वानपछि सुदूरपश्चिममा अबको मुख्यमन्त्री को भन्ने ... Read More »

सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेता आज छान्दै

धनगढी, २० पुस सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता छान्न नेपाली कांग्रसले निर्वाचन गर्ने भएको छ । १९ मध्ये सातजना प्रदेशसभा सदस्यले संसदीय दलको नेतामा दाबी गरेपछि कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छनौट गर्न आज निर्वाचन गर्ने भएको हाे । कांग्रेसमा संसदीय दलको नेता बन्न प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवान सिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्का शिवराज भट्ट ... Read More »

सुदूरपश्चिम प्रदेश काङ्ग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

धनगढी, २० पुस । सुदूरपश्चिम प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा प्रदेशसभा सदस्य कमल शाह सर्वसम्मत चयन भएका छन् । कैलाली क्षेत्र नम्बर–२ को प्रदेशसभा क क्षेत्रबाट निर्वाचित शाह प्रदेशसभा सदस्य बहादुर सिंह थापाको प्रस्ताव र प्रकाशबहादुर शाहको समर्थनमा सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका हुन् । कांग्रेस संसदीय दलको नेताका लागि ७ जना आकांक्षी रहेपछि प्रदेश कमिटीले बुधबार निर्वाचनमार्फत नेता चयन ... Read More »

सुदुरपश्चिममा नागरिक उन्मुक्तिकाे मुख्यमन्त्रीमा दाबी, सरकार बनाउन एमाले र माओवादीले नेकपा एस फकाउँदै

मोहन जोशी/धनगढी, १९ पुस सुदुरपश्चिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दावी गरेपछि उसलाई बाहिर राखेर सरकार बनाउन  एमाले र माओवदी केन्द्रले आन्तरिक गृहकार्य गर्न थालेका छन् । त्यसका लागि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी र डडेल्धुराबाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्यलाई मनाउने एमाले र माओवादी केन्द्रकै रणनीति रहेको छ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रसँग ११, नेकपा एमालेसँग १०,  एकीकृत समाजवादीसँग ४, राप्रपासँग एक ... Read More »

Bajjikanchal Khabar