Breaking News

कर्णाली प्रदेश

नगरपालिका उर्दी जारी गर्ने, बजारवासी अवज्ञा गर्ने  

खड्क सुनार,मुगु, १२ माघ  मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले सुन्दर गमगढी बजार निर्माण भएका अवैध टहरा भत्काउन पटक पटक सार्वजनिक सूचना निकाल्यो । तर, यसलाई सम्बन्धित् पक्षले भने अस्वीकार गर्दै आएका छन् । नगरपालिकाले सदरमुकाम गमगढी बजारमा रहेका अव्यवस्थित घर टहरा हटाउन तीन पटकसम्म सार्वजनिक सूचना जारी गरेर आग्रह गरेको थियो । तर, सूचना अवज्ञा गर्दै बजारवासीले अव्यवस्थित ... Read More »

कर्णालीमा समावेशी मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए शपथ

हेमन्त केसी/सुर्खेत, ११ माघ समावेशीताको सवाललाई धज्जी उडाउँदै कर्णाली प्रदेशमा आज चार जना मन्त्रीको सपथ पद तथा गोपनीयता शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्रीमण्डलमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री टेकराज पछाई र जीतबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए । यस्तै नेकपा माओवादी ... Read More »

फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

हेमन्त केसी ,सुर्खेत, ११ माघ । पारसबहादुर शाही पहिलो पटक तीन वर्षअघि अर्थात् २०७६ साल कात्तिक २२ गते डोल्पाको फोक्सुण्डो स्वास्थ्य चौकीमा पुगेका थिए । उनी पुग्दा दुई कोठे तापिरिचा माध्यमिक विद्यालय भवनको एउटा कोठामा सञ्चालनमा रहेको थियो, स्वास्थ्य चौकी । सहर बजारको ठूला स्वास्थ्य संस्था देखेका शाही विद्यालयको एक कोठामा सञ्चालनमा रहेका स्वास्थ्य चौकी देख्दा छक्क परेका थिए । ... Read More »

कर्णालीमा हिमपातले यातायातदेखि सञ्चार सेवा प्रभावित, चिसाे छल्न जनप्रतिनिधि सहर पसे

हेमन्त केसी ,सुर्खेत , ११ माघ भारी दुई दिनदेखिको हिमपातका कारण यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएको हुम्ला ,मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत अवरुद्ध भएकाे छ । सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँको फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा फोन सेवा अवरुद्ध भएको हो । यहाँका सर्वसाधारणहरुले के गरिरहेका छन् भन्ने जानकारी लिन मुस्किल भएको छ । कर्णाली प्रदेशको सबैभन्दा ... Read More »

कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो : भोली मन्त्रिपरिषद विस्तार

हेमन्त केसी/सुर्खेत, १० माघ सत्तारुढ दलको आज बसेको बैठकले भाग वण्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ ... Read More »

कर्णालीमा हिमपातका फोटो फिचर

हेमन्त केसी/सुर्खेत, १० माघ कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात भएको छ । हुम्ला, डोेल्पा, जुम्ला, मुगु र माथिल्लो जाजरकोटमा हिमपात भएको छ । त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । हिमपातसँगै दैनिक गतिविधिसमेत प्रभावित भएको छ । विद्यालयसमेत बन्द हुनपुगेका छन् ।न्युज कारखाना     Read More »

कर्णाली र सुदूरपश्चिममा प्रदेशमा भूकम्पको धक्का महसुस

मुगु, १० माघ । कर्णाली प्रदेशलगायत पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो हिमपातसँगै २ः४३ बजे भूकम्पको धक्का महसुस गरिएको हो। सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ। भुकम्पका कारण बाजुराकाे बडिमालिकामा सात घरमा क्षति पुगेको छ  । विस्तृत विवरण आउन बाँकी छ। Read More »

सडकमा तीन फिट हिउँ जमेपछियारी–हिल्सा सडक अवरुद्ध

हेमन्त केसी /सुर्खेत, ९ माघ लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको  हुम्लाको सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा सडक बन्द भएको छ। सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको सडक यातायात बन्द भएको बताए । गत असोज कात्तिकमा परेको हिउँ सडकमा जम्दा त्यसयता सो ... Read More »

कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

हेमन्त केसी,सुर्खेत, ९ माघ ।  कर्णाली प्रदेश अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको हो। यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसै अनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले जानकारी दिए। निर्देशक डा खड्काले आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण ... Read More »

जिप दुर्घटनामा चार जनाको मृत्यु

सुर्खेत, ८ माघ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी ... Read More »

Bajjikanchal Khabar