Breaking News

गण्डकी प्रदेश

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

खड्क सुनार/मुगु, १२ माघ हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध हुँदा स्थानीयवासीसँगै यातायात व्यवसायीलाई सास्ति भएको छ । यही माघ १० गते भएको भारी हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध भएको हो । कर्णाली राजमार्गअन्तर्गत रहेको सो सडक अवरुद्ध भएको आज दुई दिन भएको छ । सो सडकको जुम्लादेखि मुगुको घुच्ची पिनासम्म सडकमा झन्डै दुई फिट भन्दा बढी ... Read More »

दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु

लमजुङ,  ११ माघ लमजुङमा दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण कार्य सुरु भएको छ । पहिलो चरणमा दोर्दी गाउँपालिकाको ९ वटै वडाबाट विवरण संकलन कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यलय लमजुङले जनाएको छ । आइतबार देखि दोर्दीका सवै वडाबाट एकैसाथ विवरण संकलन सुरु गरिएको छ । विवरण संकलनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट खटिएका विवरण अपरेटरहरु वडा वडामा पुगेर ... Read More »

भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा शिवलाल श्रेष्ठ निर्वाचित

लमजुङ, ९ माघ लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः शिवलाल श्रेष्ठ निर्वाचित भएका छन् । खानेपानी उपभोक्ता समिति नेतृत्व चयनका लागि भएको निर्वाचन मत परिणाम अनुसार प्रतिद्वन्द्वी रामकृष्ण कुँवरलाई एकसय ३५ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । कुल ६ सय १० मत खसेकोमा निर्वाचित श्रेष्ठले तीन सय ६४ मत प्राप्त गरे भने पराजित कुँवरले दुई ... Read More »

पोखरामा विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो

काठमाडौं, ३ माघ १ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाकाे शब आज काठमाडौं ल्याइएको छ । उनीहरूको शबलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ । कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएको र ... Read More »

मनाङमा १३५ मेगावाटको जलविद्युत आयोजनाको निर्माण कार्य सुरु

लमजुङ, २ माघ मनाङ जिल्लामा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । सन् २०२० देखि कोरोना महामारीका कारण रोकिएको आयोजनाको काम सुरु गरिएको हो । आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच २०७९ पुस ३ गते सम्झौता भएकाे थियो । पिकिङ रन अफ दी रिभर प्रकृतिको आयोजनाको  काम  ४ वर्षमा पुरा हुने जनाइएको छ। ... Read More »

लमजुङका सबै क्रसर उद्योग बन्द

लमजुङ १ माघ गृह मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै लमजुङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । सोहीअनुरुप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन् । ... Read More »

वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

लमजुङ, ३० पुस जिल्ला प्रशासन कार्यालय लमजुङले माघको पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण संकलन गर्ने भएको छ । हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब प्रत्येक स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने भएको हो । लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैध्यले जिल्लाको आठ स्थानीय तहबाट अभियान सुरु गरी ... Read More »

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

पोखरा, २९ पुस  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्ती खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज १ बजे विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिन उनले संसद सचिवालयलाई जानकारी गराइसकेका छन् । अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ... Read More »

माओवादीका कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का

पोखरा, २८ पुस  नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ । दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि सभामुख बन्ने बताइएको छ । यद्यपी अहिले पनि धिताल मन्त्री बन्ने योजनामा छन् । पार्टीभित्र उनलाई सभामुख बन्न दवाव बढेको हो । धितालले पनि पार्टीले गरेको निर्णय मान्ने ... Read More »

लमजुङमा २८ हजारभन्दा बढीको स्वास्थ्य बीमा

लमजुङ, २७ पुस  विपन्न समुदायलाई लक्षित गरी गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच पुर्याउने उदेश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रममा लमजुङमा २८ हजारभन्दा बढीले स्वास्थ् बीमा गरेका छन् । लमजुङमा २०७७ माघ महिनादेखि शुरु भएको उक्त कार्यक्रमअन्र्तगत हालसम्म जिल्लाका १२ हजार ६ सय ३५ परिवारका २८ हजार ४ सय ५८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । आर्थिक अवस्था ... Read More »

Bajjikanchal Khabar