Breaking News

मधेश प्रदेश

उद्योगी र व्यवसायीको बैंकसँग गुनासो– प्रेमप्रसाद आचार्यले लिएको बाटोमा नधकेल 

विशाल बस्नेत ,महोत्तरी, १३ माघ । बर्दिबासका उद्योगी र व्यवसायीहरुले बैंकबाट हुने मानसिक यातनाले उद्योगी व्यवसायीहरु जीवन नै समाप्त गर्ने परिस्थिति सृजना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको जस्तै परिस्थिति सिर्जना हुँदै गएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैंकका प्रतिनिधिसहितको सहभागितामा बर्दिबास उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा व्यवसायीहरुले बैंकहरुका कारणले नै व्यापारीहरुलाई ... Read More »

सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी

मुकेशकुमार यादव,सिरहा, १३ माघ । सिराहामा सव डिभिजन कार्यालयकै कर्मचारीको मिलोमतोमा काठ तस्करी हुने गरेको स्थानीयहरुले आरोप लगाएका छन् । जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सव डिभिजन कार्यलय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरुले आरोप लगाएका हुन् । डिभिजन वन कार्यालयको मातहतमा रहेका सव डिभिजन कार्यालयको कर्मचारीहरुकै मिलोमतोमा यस क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी गराउने गरेको स्थानीयहरु बताउँछन् ... Read More »

श्री मावि फतुहा महेशपुरमा बिधालय भवनको मेयर डा. आलमले गरे शिलान्यास

आरके श्रीवास्तव,गरुडा,माघ १२ गते रौतहटको राजपुर नगरपालिका वडा नम्बर २ मा रहेको श्री मावि फतुहा महेशपुरमा चार कोठे भवन शिलान्यास भएको छ । आज बसन्त पञ्चमीको पावन अवसर पारेर राष्ट्रपति शैक्षिक तथा भौतिक सुधार कार्यक्रम अन्तर्गत राजपुर नगरपालिकाका नगर प्रमुख डा.राजीक आलम द्वारा शिलान्यास गरिएको हो । राजपुर नगरपालिकाले शिक्षा क्षेत्रमा सराहनीय कार्य गर्दै गईरहेको छ । सो नगरपालिकाले सामुदायिक ... Read More »

नेपाल पुलिस स्कूल बसबिट्टी जिंगडियामा सरस्वती पुजाको उपलक्ष्यमा विभिन्न कार्यक्रम

आरके श्रीवास्तव,गरुडा,माघ १२ गते सरस्वती पुजाको अवसरमा नेपाल पुलिस स्कूल बसबिट्टी जिगडियाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । संघिय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक ध्रुव राज राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोे प्रिन्सिपल विणा झाले बताइन् । सर्वप्रथम विधालय परिसरमा स्थापित सरस्वती मन्दिरमा विधिपुर्वक पुजा तथा प्रसाद वितरण गरिएको उनले बताइन् । पुजा लगत्तै मञ्चको कार्यक्रम गरिएको थियो । सो ... Read More »

कटहरियाकी उपमेयर रिता देवी सरस्वती पूजामा भईन् सहभागी (फाेटाे फिचर)

मंजय राम,कटहरिया,माघ १२ गते राैतहट जिल्लाकाे कटहरिया नगरपालिकाकि उप प्रमुख रिता देवी यादव नगर भरि सहित विभिन्न ठाउँमा भएको सरस्वती पूजामा सहभागी भएकि छिन् । कटहरिया नगरपालिका अन्तर्गत रहेको सामुदायिक एवम् निजी बिधालयमा भएको सरस्वती माताकाे पुजा/प्रतिमा स्थलमा पुगेकी थिईन् । नगरपालिका अन्तर्गतकाे श्री नमूना माध्यमिक बिधालय कटहरिया,श्री मावि भसेढवा सहितका स्कुलमा पुगेकी थिइन् । साथै उनी निजी बिधालयहरू श्री ... Read More »

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ जना घाइते

विशाल बस्नेत/महोत्तरी, १२ माघ  महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थ गरेर फर्किएका एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । ट्याक्टरमा सवार सवै यात्रु धनुषास्थित औरही नगरपालिका वडा नम्बर ५ का हुनसक्ने प्रहरीको अनुमान छ । घाइते मध्ये गम्भीर घाइते दुई जनाको सनाखत हुन ... Read More »

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिदै

मँजय राम,कटहरिया,माघ १२ गते रौतहटको कटहरिया नगरपालिकाको शैक्षिक संस्थाहरुमा सरस्वतीमाताको पूजा पाठ गर्न भव्य तयारी गरिएको शिक्षा संयोजक अनिल निधीले जानकारी गराउनु भयो । त्यस्तै फतुवा बिजयपुर नगरपालिकाको शैक्षिक प्रतिष्ठानमा सरस्वती पूजाको भव्य तयारी गरिएको शिक्षा संयोजक तेजनारायण यादवले जानकारी गराए । यता गुजरा नपामा पनि पूजाको भव्य तयारी गरिएको शिक्षा शाखा प्रमुख शिवमंगल साहले जानकारी गराउनुभयो । समग्रमा जिल्लभरी ... Read More »

आम नागरिकलाई सहजहोस् भन्ने उदेश्यले महशुल काउण्टर सञ्चालन गराएःमेयर डा.आलम

आरके श्रीवास्तव,गरुडा ,माघ ११ गते रौतहट जिल्लाको राजपुर नगरपालिकाका मेयर डा.राजिक आलमको पहलमा विधुत महशुल काउण्टर सञ्चालन आएको छ । केहि दिन अघि नेपाल विधुत प्राधिकरणका माहाप्रबन्धक कुलमान घिसिङ्ग सँग पहल गरि बिधुतको महसुल काउण्टर सञ्चालन गराइदिन अनुरोध गरेका थिए । उनकै पहलमा राजपुर नगरपालिका वडा नम्बर ३ राजपुरमा पनि फयूज सेवा तथा आय संकलन अर्थात विद्युत महसशल काउण्टर सञ्चालनमा ... Read More »

किशोरी सिकाइ केन्द्रहरुमा जाडोको सामाग्री वितरण

आरके श्रीवास्तव,गरुडा,माघ ११ गते रौतहटको किशोरी सिकाइ केन्द्रहरुमा जाडोको सामाग्री वितरण गरिएको छ । जिल्लाको चार वटा नगरपालिकामा रहेको केन्द्रहरुमा ती सामाग्रीहरु वितरण गरिएको हो । सामाग्री वितरण हुने पालिकाहरुमा गरुडा,गढिमाइ,परोहा र बौधीमाइ रहेका छन् । ती सबै स्थानियहरुमा ब्लैंकेट २ सय ६४ पिस,सल १ हजार ७१ पिस,मोजा १ हजार ७१ पिस विरतण गरिएको आसमान नेपालका कार्यक्रम संयोजक जमुना श्रेष्ठले ... Read More »

बौधिमाईमा जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

आरके श्रीवास्तव,गरूडा,माघ १० गते रौतहट जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिकामा जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज लैङ्गिक सामानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिकाका सम्बन्धमा वडा अध्यक्ष तथा पुरुष वडा सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । माण्डवी रौतहटको आयोजना तथा आइइएफएस नेपालको प्राविधिक सहयोगमा संचालित शी लिडस परियोजना अन्तर्गत सो अन्तरक्रिया कार्यक्रम संचालन भएको थियोे । ... Read More »

Bajjikanchal Khabar