Breaking News

अन्तर्राष्ट्रिय

निराश व्यक्तिका लागि फेसबुक हानिकारक: अध्ययन

क्वलालम्पुर, १२ माघ एक मलेसियाली अध्ययनले पत्ता लगाएको छ की फेसबुकको अत्यधिक प्रयोग निराश प्रयोगकर्ताहरूका लागि हानिकारक छ । फेसबुकको धेरै प्रयोगले व्यक्तिको आत्म–मूल्यको भावनालाई कम गर्न सक्ने ‘कम्प्युटर्स इन ह्युमन बिहेभियर’ मा प्रकाशित उक्त नतिजाले सुझाव दिएको छ । फेसबुकको अत्यधिक प्रयोगले डिप्रेसन र मानसिक स्वास्थ्य समस्याहरू हटाउन चिकित्सकीय सहायता लिइरहेका व्यक्तिहरूमा हानिकारक प्रभाव पार्न सक्छ भन्ने सुझाव विगतको ... Read More »

७४औँ गणतन्त्र दिवस मनाउँदै भारत

नयाँ दिल्ली, १२ माघ भारतले आज विभिन्न कार्यक्रमको आयोजना गरि ७४औँ गणतन्त्र दिवस मनाइरहेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी यस वर्षको प्रमुख अतिथि छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रिय युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रपति द्रौपदी मुर्मुले चाँडै नै कर्तव्यपथबाट गणतन्त्र दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नेछिन । सुरक्षा व्यवस्थाका लागि ६ हजार सैनिक परिचालन ... Read More »

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

न्युयोर्क, १२ माघ डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति दिइने मेटाले घोषणा गरेको छ । घोषणासँगै उनको अकाउन्टमा दुई वर्षको निलम्बन समाप्त हुनेछ । निलम्बन ‘आउँदो हप्ताहरूमा’ समाप्त हुने सामाजिक मिडियाले जानकारी दिएको छ । एक विज्ञप्तिमा मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले भने कि जनताले ‘उनीहरुका  राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न सक्षम हुनुपर्दछ । ’ ट्रम्पको खाताले अब ... Read More »

अन्टार्कटिकामा फेला पारे अन्तरिक्ष चट्टान

बेल्जियम, ११ माघ अन्टार्कटिकाको मरुभूमिबाट वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले पाँचवटा नयाँ ‘अन्तरिक्ष चट्टानहरू’ फेला पारेका छन् र  तीमध्ये एउटा झण्डै ८ किलोग्राम (१७ पाउन्ड) छ । युरेकअलर्टका अनुसार यहाँ फेला परेका झण्डै ४५ हजार उल्का पिण्डहरू मध्ये यो भर्खरै पत्ता लागेको उल्कापिण्डको आकार सय वटा पिण्डभन्दा ठूलो छ । अभियानमा सहभागी फिल्ड म्युजियम एन्ड युनिभर्सिटी अफ शिकागोका अनुसन्धान वैज्ञानिक मारिया वाल्डेसका ... Read More »

विश्व इतिहासमा आजः पहिलो हिउँदे ओलम्पिकदेखि लीग अफ नेसन्सको स्थापना

आज २५ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः पहिलो सौर्य उर्जाको भट्टी खुला सन् १९७७ मा विश्वको पहिलो सौर्य उर्जाको भट्टी खुला गरिएको थियो । फ्रान्स्को ओडेइलिोमा स्थापना गरिएको सो भट्टीले पहिलो पटक वैकल्पिक उर्जा दिएको थियो । युगान्डमा तानशाह इदी अमिनको उदय सन् १९७१ ... Read More »

बाजुरा केन्द्र बिन्दु बनाएर गएको भूकम्पको धक्का नयाँ दिल्लीसम्म महसुस

काठमाडौ, १० माघ बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रमा पनि महसुस गरिएको छ । दिल्लीका  बासिन्दाहरूले भुकम्पको समयमा छतका फ्यानहरू र घरका सामानहरू हल्लिएका भिडियोहरू सोसल मिडियामा सेयर गरेका भारतीय सञ्चार माध्यम एनडिटीभले जनाएको छ । मंगलबार दिउसो बाजुराको मैला भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पले पु¥याएको क्षतिको पूर्ण ... Read More »

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

इस्लामाबाद, १० माघ आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह हल चाँडै बन्द गर्ने घोषणा गरेको छ । अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेकोले ऊर्जा संरक्षण योजनाअन्तर्गतका उपायहरूको एक भागको रूपमा सरकारले पछिल्लो कदम चालेको हो । ऊर्जा बचत र आयातित तेलमा निर्भरता घटाउन राष्ट्रिय ऊर्जा संरक्षण योजना स्वीकृत गरेको जानकारी दिँदै रक्षामन्त्री ख्वाजा आसिफले बजारहरू बेलुका ८ः३० बजे र विवाह ... Read More »

इरान प्रदर्शनः तीन महिला पत्रकार पक्राउ

तेहरान, १० माघ महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर महिनौंदेखि सुरु भएको विरोध प्रदर्शन बीच इरानी अधिकारीहरूले विगत दुई दिनमा तीन महिला पत्रकारलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार बताएको छ। सेप्टेम्बर १६ देखि इरानमा विरोध प्रदर्शनहरू चर्किएको छ। महिलाहरूको लागि देशको कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा नैतिकता प्रहरीद्वारा गिरफ्तार गरिएकी २२ वर्षीय इरानी कुर्द अमिनीको मृत्युपछि देशव्यापी विरोध प्रदर्शन ... Read More »

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

क्यालिफोर्निया, १० माघ क्यालिफोर्नियामा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । चन्द्रमान नयाँ वर्षमा एक व्यक्तिले गोली हानेर १० जनाको हत्या गरेको दुई दिनपछि पछिल्लो गोलाबारीको घटना भएको हो । मोन्टेरे पार्कमा भएको सामूहिक हत्याको शोक मनाइरहेका बेला अर्को गोलीकाण्ड भएको हो । पछिल्लो आक्रमणहरू सान फ्रान्सिस्कोको दक्षिणमा ३० माइल (५० किलोमिटर) दक्षिणमा रहेको हाफ मुन ... Read More »

बंगलादेशमा एक महिनापछि राष्ट्रपति निर्वाचन

ढाका बंगलादेशमा आगामी फेब्रुअरीमा राष्ट्रपति निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका सचिव मोहम्मद जहाँगिर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिए ।  वर्तमान राष्ट्रपति अब्दुल हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदै छ । हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने भएकाले नयाँ निर्वाचन हुन लागेको सचिव आलमले बताए । देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई ... Read More »

Bajjikanchal Khabar