Breaking News

अर्थ

अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर

मोहम्मद हबिब,भैरहवा, १३ माघ । भन्सार हुँदै नियमित रुपमा आउने मालबस्तुमा अनिवार्य मार्जिन र आयतमै प्रतिबन्ध लगाउँदा भैरहवा भन्सार कार्यालयमा राजश्व संकलनमा असर परेको छ । जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै राजश्व संकलनको मुख्य आधार रहेका ती बस्तुको आयात नहुँदा भन्सारको राजश्व लक्ष्यमा ठूलो गिरावट आएको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम ... Read More »

उद्योगी र व्यवसायीको बैंकसँग गुनासो– प्रेमप्रसाद आचार्यले लिएको बाटोमा नधकेल 

विशाल बस्नेत ,महोत्तरी, १३ माघ । बर्दिबासका उद्योगी र व्यवसायीहरुले बैंकबाट हुने मानसिक यातनाले उद्योगी व्यवसायीहरु जीवन नै समाप्त गर्ने परिस्थिति सृजना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको जस्तै परिस्थिति सिर्जना हुँदै गएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैंकका प्रतिनिधिसहितको सहभागितामा बर्दिबास उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा व्यवसायीहरुले बैंकहरुका कारणले नै व्यापारीहरुलाई ... Read More »

माया खोला हाइड्रोपावरकाे आईपीओ खुला

काठमाडौँ, १३ माघ । माया खोला हाइड्रोपावर कम्पनीले माघ १३ गते शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजन प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३४ प्रतिशत अर्थात १ अर्ब रुपैयाँको सेयर बिक्री गर्नलागेको हो। स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु, सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीका लागी  प्रतिकित्ता १०० रुपैयाँ ... Read More »

एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य

काठमाडौँ, १३ माघ ।  नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन ११ सय रुपैयाँले घटेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । बिहीबार ७०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार ह्वात्तै  घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलमा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य ... Read More »

अमेरिकी डलरकाे भाउ स्थिर, कुन देशको विनिमय दर कति?

काठमाडौ, १३ माघ । शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यसअघि बिहिबार पनि अमेरिकी डलरको खरिदबिक्री सोहि मूल्यमा भएको थियो । युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६१ पैसा पाइन्छ। अघिल्लोदिन यसको ... Read More »

आजकाे हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौ, १३ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार  शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, नेपाली सुन्ताला १३० रुपैयाँ तोकिएको छ । रातो आलु २५ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवी २५० ... Read More »

सबैको लघुवित्तद्वारा १८% बोनस वितरण गर्ने घोषणा

काठमाडौं १२ माघ सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ ।  कम्पनीको माघ ११ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०=९५ प्रतिशत नगद लाभांश गरि कुल १८=९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नेपाल राष्ट्र ... Read More »

स्वाभिमान लघुवित्तकाे लाभांश घोषणा

काठमाडौं,  १२ माघ । स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ ।  कम्पनीको माघ ११ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नेपाल ... Read More »

सुपर मादी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, १२ माघ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गरेको हो । यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकहरुको लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले ... Read More »

सेयर बजार ०.४१ अंकले घट्यो

काठमाडौं, १२ माघ । सेयर बजार बिहीबार घटेको लागेको छ । नेप्से परिसूचकमा ०.४१ अंकले ओरालो लागेर २१८३.२१ विन्दुमा आएर रोकिएको छ । बिहीबार २५४ कम्पनीको कारोबार भएको छ । ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढी रकमको कारोबार भएको छ । समृद्ध फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १० ... Read More »

Bajjikanchal Khabar