Breaking News

अन्तर्वार्ता

(अन्तर्वार्ता) उम्मेदवारको राजनीति चरित्र, प्रवृत्ति र योजना हेरेर मत दिनुहोस् : डिल्लीराम सुवेदी

आसन्न निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी बाग्लुङ–१ प्रदेश सभा (ख) बाट चुनावी मैदानमा उत्रिएका छन् । उनलाई सत्ता गठबन्धनको साथ छ । सुवेदीको प्रतिष्पर्धीको रुपमा यही क्षेत्रबाट एकताका कांग्रेसमा रहेर काम गरेका र अहिले एमालेबाट उम्मेदवार बनेका नवराज पौडेल चुनावी मैदानमा छन् । यी दुबै जनाबीच रोचक प्रतिष्पर्धा हुने देखिएको ... Read More »

पार्टी र गठबन्धन दलबाट साथ पाएकाले सहजै चुनाव जित्छु: नरेन्द्र साह

आसन्न ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ३ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नरेन्द्र साहले उम्मेदवार हुन् । समाजसेवाबाट राजनीतिमा होमिएका साहले जिल्लामा असल र परोपकारी व्यक्तित्वको छवि बनाएका छन् । साह ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन तराई–मधेस समाजवादी पार्टीबाट समानुपातिक सांसदसमेत हुन् । ०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका साहले १२ हजार ८६ मत ... Read More »

(अन्तर्वार्ता )सत्तामा जान मात्र कांग्रेसले गठबन्धन गरेको होइनः कांग्रेस नेता राठौर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँके ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । नेविसंघको नेतृत्वपछि बाँके बर्दियामा पार्टी राजनीतिमा लामो समयदेखि क्रियाशील नेता राठौर सुशील कोइरालापछि बाँकेको प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय नेता हुन् । चुनावी सन्दर्भलाई लिएर उनीसँग गरिएको कुराकानीः बाँके ३ नै किन रोज्नुभयो ? म सल्यानमा जन्मेको, काठमाडौंमा स्कुल र कलेज पढेको । काठमाडौंमै विद्यार्थी राजनीति ... Read More »

(अन्तर्वार्ता) मैले उठाएका मुद्दा, व्यवहार र सम्बन्धका कारण चुनाव जित्ने माहोल बनेको छ

: प्रदीप पौडेल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेसँगै अहिले घरदैलोमा व्यस्त छन् । पौडेललाई पाँच दलीय गठबन्धनको सहयोग छ । यो क्षेत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन् । सो क्षेत्रमा विशेषगरी पोखरेल र पौडेलबीच प्रतिस्र्धा हुने देखिएको छ ।  स्वतन्त्र रुपमा रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएसँगै प्रतिस्पर्धा ... Read More »

खेर्सनमा युक्रेनी हमलामा २३ रुसी सेनाको मृत्यु, दर्जनौँ घाइते

मस्को,११ कात्तिक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी चेचेन नेता रमजान कादिरोभले बिहीबार भनेका छन् कि यस हप्ता युक्रेनी हमलामा  २३ रुसी सैनिक मारिएका  र अन्य ५८ जना घाइते भएका छन् । कादिरोभको टिप्पणी असामान्य थियो किनभने युद्ध सुरु भएदेखि नै मस्को समर्थक सेनाहरूले युद्धभूमि आफूतर्फ भएको क्षति स्वीकार गरेका छैनन्। टेलिग्राममा जारी विज्ञप्तिमा कादिरोभले उक्त घटना दक्षिणी खेरसन क्षेत्रमा ... Read More »

भारतमा आजदेखि मल्लिकार्जुन खड्गेले सुरु गरे कांग्रेसको नेतृत्व

नयाँ दिल्ली, ९ कात्तिक २४ वर्षपछि भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर पुगेको छ । बुधबारदेखि कांग्रेसको नेतृत्व मल्लिकार्जुन खड्गेले सम्हालेका छन् । पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा सोनिया गान्धीले अध्यक्ष खड्गेलाई नेतृत्व हस्तान्तरण गरेकी हुन् । उनले पार्टीको नेतृत्व खड्गेलाई सुम्पन पाउँदा आफूले ठूलो राहतको महसुस गरेको बताएकी छन् । हालै सम्पन्न अध्यक्षको निर्वाचनमा खड्गेले अर्का प्रतिस्पर्धी शशी थरुरलाई ... Read More »

ट्रस सरकारका गल्ती सच्च्याउने सुनकको प्रतिबद्धता

लण्डन, ९ कात्तिक  बेलाइतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरवेका छन् । औपचारिक रूपमा आइतबार प्रधानमन्त्री बनेका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा उक्त प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीले आर्थिक स्थायित्व पुनः स्थापना गर्ने र ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । यसअघि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेट गरेका ... Read More »

लि छियाङ चीनको नयाँ प्रधानमन्त्री

बेइजिङ, ६ कात्तिक चीनको नयाँ प्रधानमन्त्रीमा ली छियाङ चयन हुने  भएका छन् । ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि छियाङ नयाँ प्रधानमन्त्रीमा हुने भएका हुन । ली सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सीपछि वरियताका दृष्टिले दोस्रो स्थानमा छन् । यसअघि सीपीसीको स्थायी समितिबाट प्रधानमन्त्री ली खछ्याङसहित चार जना नेताहरू बाहिरिएका थिए । नयाँ नेतृत्व चयन गर्दै पार्टीको २०औँ महाअधिवेशन शनिबार सम्पन्न भएको छ ... Read More »

इमरान खानलाई पाँच वर्ष चुनाव लड्न अयोग्य ठहरपछि निर्वाचन आयोग बाहिर तनाव

लाहोर, ४ कात्तिक निर्वाचन आयोगले पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेपछि इस्लामावादमा तनाव उत्पन्न भएको छ । त्यहाँको निर्वाचन आयोगले इमरान प्रधानमन्त्री भएका बेला सरकारी अधिकारीलाई विदेशबाट प्राप्त उपहारमध्ये धेरै बेचेको र हिनामिना गरेको आरोप लगाउँदै उनलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेको हो । विदेशीहरूले सरकारी अधिकारीलाई दिने उपहारसम्बन्धी तोसाखाना मुद्दामा आयोगले शुक्रबार ... Read More »

रुसी लडाकु विमान दुर्घटना, १३ जनाको मृत्यु

मस्को, १ कार्तिक रुसी एसयु-३४ लडाकु विमान दुर्घटनामा हुँदा १३ को मृत्यु भएको छ । रुसी आपत्कालीन अवस्था मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले जनाएको छ । १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको बताइएको छ । यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको ... Read More »

Bajjikanchal Khabar