Breaking News

स्वास्थ्य

श्री जनता मावि सोनरनियमा आँखा तथा कान शिविर सम्पन्न

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते श्री जनता माध्यमिक बिधालय सोनरनियाका बालबालिकाहरुलाई लक्षित गर्दै आयोजना गरिएको आँखा तथा कान शिविर सम्पन्न भएको छ । आँखा र कान सम्बन्धी स्वास्थ्य समस्या भएका बालबालिकाहरुको लागी शिविर सञ्चालन गरिएको थियो । मौलापुर नगरपालिका वडा नम्बर ८ र ९ सोनरनियमा पर्ने सो बिधालयमा एक दिने आँखा तथा कान सम्बन्धी शिविर सम्पन्न भएको हो । शहिद दिवसको ... Read More »

छेडागाडका मेयरले बनाएनन्, नलगाडको स्वास्थ्य भवन

हेमन्त केसी/सुर्खेत, १६ माघ जाजरकोट नलगाड नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको भवन अलपत्र परेको छ । छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिएको उक्त ठेक्काको काम नगर्दा अलपत्र परेको हो । स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो । २०८० असार १५ गते सम्मा सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने भनि सम्झौतामा उल्लेख गरिएको छ । पहिलो किस्तामा २ ... Read More »

चन्द्रनिगाहपुरका सरकारी तथा निजि अस्पतालमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालद्धारा फलफुल वितरण

उपेन्द्र गोले रौतहट १५ माघ रौतहटको चन्द्रगिाहपुरमा रहेका सरकारी तथा निजि अस्पतालहरुका बिरामीहरुलाई आइतबार श्री कृष्ण प्रणामी युवा परिषद नेपाल रौतहटले फलफुल वितरण गरेको छ । चन्द्रनिगाहपुर क्षेत्रमा रहेको सरकारी अस्पताल , निजि चन्द्रपुर हस्पिटल, एपोलो हस्पिटल र सिविल अस्पतालमा भर्ना भएका २५ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको श्री कृष्ण प्रणामी युवा परिषद नेपाल रौतहटका अध्यक्ष बिमल सापकोटाले तराई पोष्टलाई ... Read More »

गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने बताएका छन् । आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ। तपाईंहरू पनि स्वास्थ्य ... Read More »

फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

हेमन्त केसी ,सुर्खेत, ११ माघ । पारसबहादुर शाही पहिलो पटक तीन वर्षअघि अर्थात् २०७६ साल कात्तिक २२ गते डोल्पाको फोक्सुण्डो स्वास्थ्य चौकीमा पुगेका थिए । उनी पुग्दा दुई कोठे तापिरिचा माध्यमिक विद्यालय भवनको एउटा कोठामा सञ्चालनमा रहेको थियो, स्वास्थ्य चौकी । सहर बजारको ठूला स्वास्थ्य संस्था देखेका शाही विद्यालयको एक कोठामा सञ्चालनमा रहेका स्वास्थ्य चौकी देख्दा छक्क परेका थिए । ... Read More »

गरुडाका स्वास्थ्य संस्थाहरूमा ल्यापटप,प्रिन्टर सहित औषधी वितरण

आरके श्रीवास्तव,गरूडा,माघ ०९ गते रौतहटको मध्य भाग गरुडा नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा ल्यापटप,प्रिन्टर सहित औषधी वितरण गरिएको छ । मेयर कन्थमनी जयसवालले आज स्वास्थ्य संस्थाहरुमा ल्यापटप , प्रिन्टर लगायत विभिन्न औषधीहरु वितरण गर्नु भएको छ । नगर प्रमुख जयसवालले सोमबार आफ्नो नगर क्षेत्रभित्र रहेकाे ९ ओटै स्वास्थ्य संस्थाहरूमा एक एक सृट ल्यापटप ,प्रिन्टर हस्तान्तरण गर्नु भएको छ । ती ठाउँहरूमा आवश्यक ... Read More »

कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

हेमन्त केसी,सुर्खेत, ९ माघ ।  कर्णाली प्रदेश अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको हो। यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसै अनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले जानकारी दिए। निर्देशक डा खड्काले आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण ... Read More »

रौतहटमा १४० जना कुष्ठ रोगी,सबैभन्दा बढी चन्द्रपुरमा

रौतहट, ८ माघ । रौतहटको सदरमुकाम गौरमा आइतबार कुष्ठ रोग निवारण सम्बन्धि सञ्चारकर्मीसँग एक दिने अभिमुखि कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रका महासंघ रौतहट शाखाको सभा कक्षमा कुष्ठ रोग निवारण सम्बन्धि सञ्चारकर्मी सँगको अन्तरक्रिया कार्यक्रममा कुष्ठ रोग निवारण बारे जानकारी गराउदै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेश यादवले कुष्ठ रोग अब निको हुने रोग भएको बताए । उनले भने, ... Read More »

असारदेखि पाएनन् जुनीचाँदेका सुत्केरी महिलाले भत्ता

हेमन्त केसी / सुर्खेत ,७ माघ गत साउनमा जाजकोट जुनीचाँदे गाउँपालिका ५ की मनिषा गिरी सुत्केरी भइन् । प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा शिशुलाई जन्म दिइन् । स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्किइन् । स्वास्थ्य संस्थाले उनलाई सुत्केरी र गर्भवती जाँच तथा पोषण रकम गरेवापत भत्ता नदिएरै विदा ग¥यो । भत्ता लिनका लागि उनी तीन पटक स्वास्थ्य केन्द्रमा पुगिन् । तर ... Read More »

माघ ९ र १० गते पर्सामा बालबालिकालाई फाइजर खोप दिइने

वीरगञ्ज, ३ माघ पर्साका १४ वटै पालिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति पर्साले माघ ९ र १० गते फाइजर खोप लगाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । फाइजर खोप लगाएका बालबालिकामा कोभिड–१९ को संक्रमणबाट हुने जटिलता कम देखिएको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्य कार्यालय पर्साले खोप अभियान ... Read More »

Bajjikanchal Khabar