Breaking News

राजनीति

परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भमण श्रीलंकावाट

काठमाडौं, १७ माघ  परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भमण श्रीलंकावाट हुने भएको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन । उनको श्रीलंका भमणलाई मन्त्रीपरिषदको सोमवार बसेको बैठकले स्विकृत गरेको छ । मंगलवार देखी कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक ... Read More »

कटहरियाको श्री आवि हथियाहीमा छात्रवृक्ति वितरण

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर २ हथियाही टोल स्थित श्री आधारभूत विधालयमा आ.व. २०७७।७८ तथा आ.व.२०७८।०७९ को नगद छात्रवृक्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । विधालय व्यवस्थापन समिति अध्यक्ष अनुठा राय यादवको अध्यक्षतामा तथा विधालय व्यवस्थापन समिति सदस्य मनोज कुमार यादव,संजय राय यादव,बचन राय यादवको उपस्थितीमा वितरण कार्य गरिएको हो । आ.व. २०७७।७८ मा छात्रवृत्ति ... Read More »

आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन

काठमाडौं, १७ माघ इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को अध्यक्षमा सुधीर पराजुली पुनः चयन भएका छन्। आइस्पानको सोमबार सम्पन्न भएको २२औं वार्षिक साधारण सभाबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्षमा पुनः चुनिएका हुन्। यसैगरी, उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, सचिवमा भने सुरेन क्षेत्री र कोषाध्यक्षमा पुष्कर बडाल चयन भएका छन्।  छानिएका छन्। कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदीप आचार्य, मधु अमात्य ... Read More »

योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत नियुक्त

काठमाडौं, १६ माघ सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको थियो । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ ।न्युज कारखाना Read More »

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं, १६ माघ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठक जारी रहेको छ । आजको बैठक नियमित बैठक हो । बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।न्युज कारखाना Read More »

राष्ट्रपतिको निर्वाचन, १३ फागुनमा मनोनयन दर्ता, २५ फागुननमा मतदान

काठमाडौं, १६ फागुन ।  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गर्दै कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २५ फागुनमा  राष्ट्रपतिको र ३ चैत्र ३ मा उपराष्ट्रपति पदको निर्वाचन हुनेछ । दुवै पदका लागि तोकिएको दिन तोकिएको मतदान केन्द्रमा बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मतदान हुने उनले बताए ... Read More »

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

काठमाडौं, १५ माघ । सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गरी अगाडि बढाउने समझदारी भएको छ ।मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा सरोकारवाला पक्षले नेपाल सरकारको ध्यानाकर्षण गराएपछि सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सरोकारवाला पक्षसँग छलफल गरिएको थियो । छलफलका क्रममा सूचना वर्गीकरण गर्दा नेपालको संविधान र ... Read More »

२५ फागुनमा राष्ट्रपतिको निर्वाचन, ३ चैत उपराष्ट्रपतिको चुनाव

काठमाडौं, १६ माघ । निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचन आगामी २५ फागुनमा गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनु चार दिनअघि २५ फागुनमा राष्ट्रपति पदको निर्वाचनको मिति आयोगले तय गरेको हो । सोमबार बसेको आयोगको बैठकले २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । आगामी २९ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल सकिँदै ... Read More »

नेपालकाे विकास परियोजनाहरूलाई अगाडि बढाउन अमेरिका तयार

काठमाडौं, १६ माघ । अमेरिकाले नेपालको विकासमा आफूले सुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन तयार रहेको जनाएको छ । दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालको विकासमा अमेरिकाले सुरु गरेको विकास परियोजनाहरु अगाडि बढाउन तयार र दृढ रहेको जानकारी गराएकी हुन् । आइतबार काठमाडौं आइपुगेकी उनी सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी ... Read More »

अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज 

महोत्तरी, १६ माघ ।   कर्तव्य ज्यान मुद्दामा फरार रहेका महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित लक्ष्मी कोइरी महतोको बचाउमा प्रदर्शन भएको छ । मधेस आन्दोलनका क्रममा प्रहरी असई थमन विकको हत्या अभियोगमा फरार रहेका कोइरी एमालेका सांसद हुन् भने उनी प्रहरीको फरार सूचीमा छन् । तर, उनको बचाउमा एमाले र कोइरी समाजमा उत्रिएको छ । कोइरीमाथि झुट्टा मुद्दा ... Read More »

Bajjikanchal Khabar