२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

सुशीला कार्की प्रधानमन्त्री बनेपछि कटहरियामा खुशीयाली, मैनबत्ती बालेर जयघोष

आरके श्रीवास्तव,राैतहट,भदौ २७ गते । 

देशको नयाँ प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नियुक्ति भएपछि रौतहटको कटहरिया नगरपालिका–५ स्थित विवाह भवनको अगाडि चौकमा स्थानीय युवाहरूले मैनबत्ती बालेर खुशीयाली व्यक्त गरेका छन् ।

 

शुक्रबार राति दर्जनौँ युवाहरू “जय युवा” नारासहित चौकमा भेला भएर दीप प्रज्वलन गर्दै सुशीला कार्कीप्रति समर्थन र सम्मान प्रकट गरेका हुन् । उनीहरूले कार्कीलाई इमानदार, निडर र न्यायप्रेमी नेतृको रूपमा चित्रण गर्दै आगामी दिनमा देशले सही दिशा पाउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी स्थानीय युवा बैजु दास बानियाले भने, “सुशीला कार्कीजस्तो साहसी नेतृत्व अहिलेको आवश्यकता हो । हामी युवाहरू परिवर्तन चाहन्छौं, र कार्कीज्यू त्यस परिवर्तनको प्रतिक बन्न सक्नुहुन्छ।”

 

सांकेतिक दीप प्रज्वलनपछि युवाहरूले शान्तिपूर्ण तरिकाले जातीय, क्षेत्रीय तथा पार्टीगत भेदभावभन्दा माथि उठेर सुशासनको पक्षमा आवाज उठाउँदै एकताको सन्देश पनि दिएका थिए ।

 

साे कार्यक्रममा स्थानिय बासिन्दा समेत सहभागीता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।