२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

सर्लाही र रौतहटमा पनि कर्फ्यु, अवस्था तनावग्रस्त

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

जेन जी आन्दोलनकारीहरुले नगरपालिका कार्यालयमा आगजनी गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो ।

प्रदर्शनकारीहरुले नगरपालिका कार्यालयसहित कार्यालय परिसरमा रहेको स्काभेटर लगायतमा समेत आगो लगाएको स्थानीयले बताएका छन् । त्यस्तै, नवलपुर चोकस्थित पार्कलगायत स्थानमा समेत प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेका छन् ।

भिड अनियन्त्रित भएका कारण लालबन्दी नगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि अर्को सूचना नआउञ्जेल प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए । कर्फ्यु आदेश जारी भएपछि लालबन्दी बजार क्षेत्रमा र्‍याली, जुलुस एवं दुई वा दुई भन्दाबढी समूहमा हिँड्डुलमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गाडीमा आगजनी गरेका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेर जेनजीले प्रदर्शन गर्न थालेपछि प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । जेनजीको प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले संयमता अपनाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले बताए ।

542376172_2469873479

चन्द्रनिगाहपुरको अवस्था तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले साढे ११ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि चन्द्रपुर नगरपालिका भित्र कर्फ्यु जारी गरेको छ । उत्तरमा चन्द्रनिगाहपुर चोकदेखि गैडाटार जाने बाटोको पानी ट्याङ्कीसम्म, पूर्वमा चन्द्रनिगाहपुर चोकदेखि चाँदी खोलाको पूल पारीसम्म, दक्षिणमा चन्द्रनिगाहपुर चोकदेखि घोडदेवी मन्दिरसम्म र पश्चिममा चन्द्रनिगाहपुर चोकदेखि महेन्द्र राजमार्गको जिल्ला ट्राफिक प्रहरी कार्यालयको पोष्टसम्म कर्फ्यु लगाइएको रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले जानकारी दिए। कर्फ्यु लागेको सिमाना भित्र आवतजावत गर्न, भेला, जुलुस प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी कर्फ्यु आदेशमा उल्लेख गरिएको छ ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीको सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने कर्फ्यु आदेशमा उल्लेख छ । कर्फ्यु जारि भए पनि जेनजीको प्रदर्शन रोकिएको छैन ।

यसअघि जेन जीले चन्द्रपुर नगरपालिका भवनमा आगजनी गरेका थिए । आगलागीले नगरपालिकाको एउट गाडी, दुई वटा स्कुटर र एउटा पानी ट्याङ्कर जलेर नष्ट भएको छ । आगो लागेर नगरपालिकाको नयाँ भवनको छेउमै रहेको पुरानो भवनमा क्षति पुगेको छ । आगलागीले नगरपालिकाको महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।