२०८२ मंसिर १
२०८२ मंसिर १

शिवनगरमा रहेको विश्वकर्मा मन्दिरमा भव्य रूपमा पूजा सम्पन्न 

आरके श्रीवास्तव,राैतहट,असाेज ०१ गते । 

विश्वकर्मा पूजाको अवसरमा रौतहटको प्रसिद्ध धार्मिक स्थल शिवनगर महादेव मन्दिर नजिक रहेको विश्वकर्मा मन्दिरमा श्री विश्वकर्मा लोहार संघ नेपालद्वारा एक भव्य कार्यक्रम सम्पन्न गरिएको छ । संघका अध्यक्ष विवेक शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि डा. बैधनाथ ठाकुर रहेका थिए ।

कार्यक्रममा गरूडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवाल, मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साह, गरूडा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामबिनोद जयसवाल लगायत दर्जनौं विशिष्ट अतिथिहरूको उपस्थिति थियो । साथै रौतहट जिल्लाभरिका लोहार समुदायका अगुवा तथा समाजसेवीहरू सहभागी थिए ।

 

मुख्य अतिथि डा. बैधनाथ ठाकुरले लोहार समुदायको पहिचान र विकासका लागि संघले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, “संघको निरन्तर प्रयास र नेतृत्वले समुदायमा सकारात्मक परिवर्तन आएको देखिन्छ। यस्ता कार्यक्रमले एकता र चेतनाको सन्देश दिन्छन्।”

 

त्यस्तै, गरूडा नगर प्रमुख कन्थमनी जयसवालले स्थानीय तहले यस्ता कार्यक्रमलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भने, “हामी सधैं सामाजिक विकास र समावेशिताका पक्षमा छौं, लोहार समुदायको सशक्तीकरणमा संघले देखाएको लगनशिलता प्रेरणादायी छ।”

 

त्यस्तै माैलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहले यस्ता कार्यक्रमले राम्रो संदेश दिएको भन्दै आफनाे तर्फबाट संघलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

 

कार्यक्रममा अध्यक्ष विवेक शर्माले संघको तर्फबाट यो वर्ष १५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जानकारी गराउँदै भने, “हामी हरेक वर्ष समाजको हितमा केही नयाँ कार्य गर्ने प्रयास गर्छौं। यस वर्ष छात्रवृत्तिसँगै आँखा जाँच शिविर, रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।” उनले युवाको नेतृत्वमा संघले लिएको गति परिवर्तनशील भएको बताउँदै भावी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

 

कार्यक्रममा संघकाे काम योगदान पुर्‍याउने व्यक्तित्वहरू र पत्रकारलाई सम्मान गरिएको थियो । समापनमा वक्ताहरूले संघको क्रियाशीलता, युवाको सक्रियता र समुदायप्रतिको समर्पणको प्रशंसा गरेका थिए ।

 

संघले हरेक वर्ष जस्तै यस वर्ष पनि भव्य रूपमा कार्यक्रम आयोजना गर्दै सामाजिक एकता र पहिचानको संरक्षणमा टेवा पुर्‍याउँदै आएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।