२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

लालबकैया खोलामा डुबेर वेपत्ता भएकी बालिका मृत अवस्थामा फेला

आरके श्रीवास्तव,राैतहट,भदौ २८ गते ।

रौतहट जिल्लाको गौर नगरपालिका–६ स्थित लालबकैया खोलामा डुबेर वेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । बैजु साहकी छाेरी अन्दाजी १० वर्षीया करिश्मा साह आफ्नै आमासँग खोलामा नुहाउने क्रममा अचानक पानीमा डुबेर बेपत्ता भएकी थिइन् ।

जितिया पर्वको (नहायखाय) काे लागि नदीमा नुहाउन गएकी नदीमा डुबेर वेपत्ता थिईन् ।

घटनाको जानकारी प्राप्त भएपश्चात् रौतहट पुरेनवास्थित नारायणदल गणबाट खटिएको नेपाली सेनाको उद्धार टोली अन्य सुरक्षा निकायहरूको सहयोगमा तत्काल घटनास्थल पुगेर खोजी कार्यमा जुटेको थियो ।

 

खोजी कार्यको क्रममा बालिकाको शव फेला पारिएको र सो शव नेपाल प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ ।

स्थानीय सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रिय समन्वयमा उद्धार कार्य सम्पन्न भएको हो ।

सैन्य स्रोतका अनुसार वर्षा याममा खोलानाला र नदीहरूमा सावधानी अपनाउन आम जनतालाई सतर्क रहन आग्रह गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।