२०८२ माघ २५
२०८२ माघ २५

रौतहटमा माघ १८ गते सन्त गुरु रविदास जन्मजयन्ती भव्य रूपमा मनाइने

 

आरके श्रीवास्तव,राैतहट,०५ गते माघ । 

रौतहट । चमार कल्याण समाज नेपाल, केन्द्रीय समितिका उपाध्यक्ष पुनित रामको अध्यक्षतामा रौतहट जिल्लाभरिका चमार समुदायका अगुवा, जनप्रतिनिधि, नेता–अभियन्ता, महिला नेतृ, विभिन्न संघ–संस्थामा आवद्ध पदाधिकारी, बुद्धिजीवी, कर्मचारी/शिक्षक तथा पत्रकारहरूको बैठक सम्पन्न भएको छ ।

रौतहट क्षेत्र नं. ३ अन्तर्गत गुजरा नगरपालिका वडा नं. ८ स्थित केवल राम सुरत क्याम्पसको प्राङ्गणमा सम्पन्न उक्त बैठकले सन्त गुरु रविदासको जन्मजयन्ती भव्य रूपमा मनाउने सर्वसम्मत निर्णय गरेको छ ।

बैठकको निर्णयअनुसार यही आउँदो मिति २०८२ माघ १८ गते गुजरा नगरपालिका वडा नं. ९, सिमरा भवानीपुरको बजार प्राङ्गणमा सन्त गुरु रविदासकाे जन्मजयन्ती भव्य कार्यक्रमका साथ मनाइनेछ ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमिति गठन गर्ने, समुदायस्तरमा व्यापक सहभागिता सुनिश्चित गर्ने तथा सामाजिक सद्भाव, समानता र गुरु रविदासको शिक्षालाई जनजनमा पुर्‍याउने उद्देश्यले विविध कार्यक्रमहरू आयोजना गरिने निर्णय गरिएको छ ।

बैठक सफलतापूर्वक सम्पन्न भएको जानकारी रामले दिनुभएको हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।