बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १८ गते ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० गतेसम्म देशभरि भारी वर्षा हुने चेतावनी दिएसँगै गएराति देखि अविरल वर्षा भइरहेको छ । सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय, रौतहटले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै आम नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ ।
प्रहरीले अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। साथै, नदी किनार, होचो स्थान तथा डुबान क्षेत्रका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सर्न सुझाव दिइएको छ ।
आपतकालीन अवस्थामा १००, ९८५५०४०९९९ वा ९८५५०९०३७४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
सजग रहौं, सुरक्षित रहौं ।








