२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

रौतहटमा भारी वर्षाको सम्भावना : विपद्‌ न्यूनीकरणका लागि प्रशासनको आग्रह

आरके श्रीवास्तव,राैतहट,असाेज १७ गते । 

जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गर्दै जिल्लामा आगामी केही दिन भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सतर्कता अपनाउन सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार, असोज १७ गतेदेखि २० गतेसम्म रौतहट सहितका क्षेत्रमा मनसुनजन्य विपद्‌को जोखिम रहेको बताइएको छ । सम्भावित बाढी, डुबान, पहिरो र अन्य प्राकृतिक विपद्‌का घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्नका लागि जिल्ला प्रशासनले स्थानीय तह, रेडक्रस, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

 

प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले हस्ताक्षर गरेको सूचनामा उल्लेख भएअनुसार, विपद् आइ परेको अवस्थामा आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको छ । साथै, विपद्‌का बेला सुरक्षाका उपायहरु अपनाउन सर्वसाधारणहरुलाई सुरक्षा निकाय तथा सञ्चार माध्यममार्फत जानकारी दिने व्यवस्था मिलाइनेछ ।

जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुलाई सक्रिय राखी, क्लस्टर लिड तथा को-लिडहरुले स्वीकृत प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा रहन भनिएको छ । साथै, विशेष गरी पूर्व–पश्चिम राजमार्गको बागमती नदीदेखि धन्सार खोलासम्मको क्षेत्रमा रातिको समयमा सवारी चलाउँदा सुरक्षा निकायसँग समन्वय गरी यात्रा गर्न सुझाव दिइएको छ ।

 

बाढीको उच्च जोखिम रहेका नदी किनार तथा डुबानमा पर्न सक्ने क्षेत्रका बासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न समेत प्रशासनले आग्रह गरेको छ ।

 

रौतहट प्रशासनले सम्भावित विपद्‌लाई गम्भीरतापूर्वक लिँदै समयमै सतर्कता र पूर्वतयारीका उपायहरू अपनाउन सबैलाई अपिल गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।