२०८२ मंसिर १
२०८२ मंसिर १

रौतहटमा अविरल वर्षापछि यस्ताे छ अपडेट 

आरके श्रीवास्तव,राैतहट,असाेज १९ गते । 

शनिबार परेको लगातारको वर्षाले रौतहट जिल्लाका विभिन्न स्थानमा जनधन तथा संरचनामा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय राैतहटबाट प्राप्त जानकारी अनुसार वर्षा, बाढी र चट्याङ्गका कारण विभिन्न स्थानमा विद्युत उपकरण नष्ट हुनुका साथै सवारी आवागमन अवरुद्ध भएको छ भने तीन जनाको ज्यान गएको छ ।

 

चट्याङ्गले तीनको ज्यान गयो

 

कटहरिया नगरपालिका–२, हथियाही टोलमा बाढी हेर्न गएका बाटाेमा हिँडिरहेका १७ वर्षीय सरोज लहेरी र १६ वर्षीय नबिन यादवको चट्याङ्ग लागी घटनास्थलमै मृत्यु भएको हो । यस्तै, ईशनाथ नगरपालिका–८ मनसरी टोलका ४५ वर्षीय शेख जमरुण पनि आफ्नै घरको वरन्डामा बस्दाबस्दै चट्याङ्ग लागी ज्यान गुमाएका छन् ।

 

सवारी आवागमनमा अवरोध

 

चन्द्रपुर नगरपालिका–१ र २ को पूर्व–पश्चिम लोकमार्गमा आएको बाढीका कारण साना सवारी साधनको आवागमन अस्थायी रूपमा रोकिएको थियो । बाढीले रुख ढालेर सडक अवरुद्ध गराएपछि प्रहरी टोलीले तत्काल हस्तक्षेप गरी एकतर्फी सडक सुचारु गरिएको हो । यस्तै, गुजरा नगरपालिका–८ मा रहेको लमहा खोलाको बाढीले भित्री सडक दुईतर्फी अवरुद्ध गरेको छ ।

 

प्रहरीको गाडीमा क्षति

 

बाढीका कारण चन्द्रपुर नगरपालिका–२ को लच्कामा अनियन्त्रित भई पिकअप गाडीले प्रहरीको भ्यानमा ठक्कर दिँदा भ्यानको अगाडिको बम्पर र हेडलाइटमा क्षति पुगेको छ । चालक रोशन लामा जिम्बा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

आकाशीय विद्युतले उपकरणमा क्षति

 

गरुडा नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय शिवनगरमा चट्याङ्गले इनभर्टर र ब्याट्रीमा क्षति पुगेको छ भने मानविय क्षति नभएको बताइएको छ ।

 

ज्यादै जोखिममा मौलापुर क्षेत्र

 

मौलापुर नगरपालिका–१ स्थित लालबकैया खोलाको बाँध झन्डै फुट्न लागेको हुँदा त्यहाँका वडाहरू (१, २, ३ र ५) उच्च जोखिममा छन् । बाँध फुटेमा ठुलो क्षतिको सम्भावना रहेको स्थानीय प्रशासनले जनाएको छ ।

 

स्थानीयहरू सुरक्षित स्थानमा सरे

 

बृन्दावन नगरपालिका–१ स्थित खोलाको बगरमा बस्दै आएका १२८ घरधुरी बाढीको जोखिमका कारण सुरक्षित स्थानमा सरेका छन् । स्थानीयहरू बृन्दावन नगरपालिका–१ बलरी खोर माट्रोटोल, वडा नं.२ खैरा टोल र वडा नं. ३ बिश्रामपुरमा अस्थायी रूपमा बसोबास गरेका छन् ।

 

प्रशासन सतर्क, प्रहरी परिचालन

 

प्रहरीका अनुसार सबै स्थानहरूमा टोली परिचालन गरिएको छ । चन्द्रनिगाहपुर, सिमराभवानिपुर, रामपुरखापलगायत स्थानमा प्रहरीको सक्रियतामा उद्धार र सडक व्यवस्थापन कार्य भइरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।