आरके श्रीवास्तव,रौतहट, भदौ २६ गते ।
रौतहट जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेकका सबै सरकारी सेवा मिति २०८२ भदौ २७ गतेसम्मका लागि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड़का द्वारा हस्ताक्षरित सूचनामा सेवा बन्दको जानकारी दिइएको हो ।

सूचनामा भनिएको छ, “यस जिल्लाका सरकारी कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरू मिति २०८२।०५।२७ गतेसम्मका लागि बन्द रहने व्यहोरा जानकारीको लागि सूचित गरिन्छ ।
यसवाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं।” यद्यपि सेवा बन्दको स्पष्ट कारण उल्लेख नगरिए पनि विशेष परिस्थितिलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाहरू भने यथावत रूपमा सञ्चालन हुने जानकारी दिएको छ । सेवाग्राहीहरूलाई यथासम्भव धैर्य रहन र प्रशासनको आधिकारिक सूचना हेरेर मात्र कार्यालयहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।








