२०८२ पुष ३०
२०८२ पुष ३०

राैतहटमा मंसिर महिनाको उत्कृष्ट प्रहरी बने निलेश पाठक

आरके श्रीवास्तव,राैतहट,०८ गते पुस ।
रौतहट । शान्ति सुरक्षा सुदृढीकरण तथा अपराध नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै इलाका प्रहरी कार्यालय शिवनगर, रौतहट दरबन्दी भई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक निलेश पाठक २०८२ साल मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी’ को रूपमा चयन हुनुभएको छ ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ ढंगले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा उहाँलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक पाठकले मिति २०८२ मंसिर ५ गते रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित फरार प्रतिवादी रामेश्वर राउतलाई पक्राउ गर्न सफल हुनुभएको थियो । त्यसैगरी मिति २०८२ मंसिर ९ गते चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित सवारी साधनको प्रतीक्षामा रहेका दिनेश कुमार कोलीलाई नक्कली गुट्खा तीन बोरा सहित पक्राउ गरिएको थियो ।

 

त्यस्तै मिति २०८२ मंसिर १३ गते विशेष सूचनाका आधारमा चन्द्रपुर नगरपालिका वडा नं. ४ का भोला साह कलवारलाई चेकजाँच गर्दा निजको साथबाट लागूऔषध खैरो हिरोइन १९० मिलिग्राम बरामद गरी पक्राउ गर्न सफल हुनुभएको थियो । मिति २०८२ मंसिर १४ गते लागूऔषध खैरो हिरोइन बेचबिखन गरिरहेको अवस्थामा चन्द्रपुर नगरपालिका वडा नं. ६ निवासी राजेश राईलाई पनि पक्राउ गरिएको थियो ।


यसैगरी मिति २०८२ मंसिर १६ गते चोरी–डकैती गरी फरार रहेका आस महमद, विशाल महर्जन, नवराज झा, अतुलेश दास र शुभम कुशवाहालाई सिसिटिभि फुटेजको विश्लेषण गरी चन्द्रपुर नगरपालिका वडा नं. ५ स्थितबाट पक्राउ गर्न सफल भई प्रहरीको छवि उच्च बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।


उक्त उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले प्रहरी सहायक निरीक्षक निलेश पाठकलाई २०८२ साल मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गर्दै प्रशंसा–पत्र प्रदान गर्नुका साथै उहाँको व्यक्तिगत तथा व्यवसायिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।