२०८२ माघ २५
२०८२ माघ २५

रविन्द्र पटेल धिरज रास्वपा बाट रौतहट ३ मा उम्मेदवार बन्ने

आरके श्रीवास्तव,राैतहट,०५ गते माघ । 

रौतहट । नेपाली कम्युनिस्ट पार्टीबाट टिकट नपाएपछि रविन्द्र पटेल धिरजले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सामाजिक संजाल मार्फत आफ्नो सार्वजनिक भनाइमार्फत उनले देशमा न्याय, सुशासन र वास्तविक परिवर्तनको माग अझै जीवित रहेको उल्लेख गर्दै विगतको जेन–जि आन्दोलनमा युवाहरूले दिएको बलिदान व्यर्थ जान नदिन आफू सत्यको पक्षमा दृढतापूर्वक उभिएको बताएका छन् । “माथिबाट पटक–पटक दबाब, धम्की र डर देखाइए पनि मेरो संकल्प कमजोर भएको छैन,” उनले भनेका छन्।

पटेलले रौतहट–३ मा हत्या, हिंसा, भ्रष्टाचार र दण्डहीनताको राजनीतिलाई अन्त्य गर्न निर्णायक समय आएको दाबी गर्दै भोलि कटहरियामा शुभेच्छुक, समर्थक र नागरिकहरूको सल्लाह, सुझाव र आशीर्वादका आधारमा औपचारिक निर्णय लिने बताएका छन् । उनले जनताको आवाज सदनसम्म पुर्‍याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“यो लडाइँ हिंसाको होइन, यो लडाइँ मतपत्र, विवेक र जनताको एकताबाट इतिहास लेख्ने लडाइँ हो,” पटेलले आफ्नो भनाइमा उल्लेख गरेका छन् । रौतहट–३ मा अब नयाँ सोच, नयाँ नेतृत्व र जनउत्तरदायी राजनीतिबाट परिवर्तन सम्भव हुने उनको दाबी छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रविन्द्र पटेल धिरजले ८ हजार ५८ मत प्राप्त गरेका थिए । यसपटक उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघि सारेको वैकल्पिक राजनीतिबाट प्रेरित भएर चुनावी प्रतिस्पर्धामा होमिने बताएका छन् ।

उनले अन्त्यमा सबैलाई एकजुट हुन आह्वान गर्दै “परिवर्तन सम्भव छ, यदि हामी सबै एकजुट भयौँ भने,” जय घण्टी ।

भन्दै आफ्नो भनाइ टुंग्याएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।