ओम प्रकाश यादव,राैतहट,असाेज १९ गते ।
सधै जनताको बीचमा रहने पूर्व राज्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले आज दिनभरी बाढीको चपेटामा परेका जनताको उद्धार कार्यदेखी लिएर अन्य सहयोग गरेका छन् ।
अविरल वर्षापछि बागमति नदीमा आएको बाढीको पानी गाउँबस्तीमा पसेर क्षति पुरयाउन थालेपछि नेता यादव तत्काल आफना दर्जनौ कार्यकर्ता लिएर रौतहटको बाढी प्रभावित विभिन्न गाउँबस्तीहरुमा पुगेका थिए ।
वर्षापछि आएको बाढीमा स्थानीयहरु फसेको, बाढीले स्थानीहरुलाई बिजोग बनाएको र बागमति बाँध कटानको उच्च जोखिखमा परेको खबर पाउनासाथ नेता योगेन्द्र यादवले रौतहटका सुरक्षा निकायका प्रमुखहरुको टोली लिएर आज विहानै बाढी प्रभावित क्षेत्रमा पुगेका थिए ।
पूर्व मन्त्री योगेन्द्र यादव सहित रौतहटका प्रमुख जिल्ला अधिकारी सिडिओ विनोद कुमार खड्का, नेपाल प्रहरी उपरीक्षक एसपी नेत्रमणी गिरी, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी सहितका सुरक्षा निकायका टोली बाढी प्रभावित जिल्लाको दुर्गाभगवती गाउँपालिकाको बडहर्वा, राजदेवी नगरपालिकाको चण्डिया, बसतपुर लगाएतका गाउँमा स्थलगत निरीक्षण गरेका थिए ।

नेता यादव र सुरक्षा निकायका टोलीहरु पुग्दा तत्काल भत्किने अवस्थामा पुगेको बागमति नदीको बाँध मर्मत सम्भारदेखी लिएर बाढीमा फसेर उद्धारको पर्खाइमा रहेका नागरिकको उद्धार कार्य भएको थियो ।
बाँध नियन्त्रणको काम भएपछि तत्काल बाँध कटानको समस्या टरेको बुझिएको छ । समयमै बाँध मर्मत कार्य नहुँदा बाँध भत्केर बागमतिको बाढी गाउँबस्तीमा पसेर ठुलो जनधनको क्षति पुरयाउन सक्थ्यो तर जसपा नेपालका नेता योगेन्द्र यादवको पहलमा समयमै सुरक्षा निकायका प्रमुखहरु घटनास्थल पुगेर निरीक्षण गर्दा ठुलो मानवीय र भौतिक क्षति हुनबाट जोगिएको छ ।
पूर्व मन्त्री समेत रहेका नेता यादवले बागमति नदीको छेउमा रहेको बडहर्वा, चण्डिया, बसतपुर लगाएतका गाउँमा बाढीको चपेटामा फसेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम गरेका थिए । त्यस्तै उक्त ठाउँहरुमा हुँदै गरेको बाँध कटानलाई रोक्ने प्रयास समेत उनले गरे जसका कारण जनधनको क्षति हुन पाएन ।
विपद्का बेला समस्यामा परेका नागरिकलाई सहयोग गर्नु नै ठुलो मानवता र धर्म रहेको भन्दै उनले आफुले जहिले पनि जनतालाई कुनै किसिमको आपद विपद् परेका बेला तृरुन्त पुग्ने गरेको तथा सहयोग गर्ने गरेको बताए ।
योगेन्द्र राय यादव जनताको बीचमा सबभन्दा बढी रहने र जनतालाई हरेक प्रकारको सहयोग गर्नेदेखी लिएर जनताको काम लगनशील भएर गर्ने नेताको रुपमा चिनिन्छ । त्यस कारण जनतामा उनी निकै लोकप्रिय र चर्चित छन ।
अरु नेताहरु बाढीको रमिता हेर्न आज दिनभरी व्यस्त रहेका थिए तर योगेन्द्र राय यादव बाढीको चपेटामा परेका नागरिकको उद्धारमा आफै खटेको देखिएको थियो ।








