जनकपुरधाम,कार्तिक १९ गते ।
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले धनुषास्थित सतलोक आश्रमको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले आश्रममा भइरहेको धार्मिक, सामाजिक र आध्यात्मिक क्रियाकलापको जानकारी लिएका थिए ।
मुख्यमन्त्री सोनलसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव परमेश्वर साह, महासचिव राजेन्द्र साह, तथा लाेसपा मधेस सचिव रामबिनोद चौधरी (पपु) पनि उपस्थित थिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सोनलले समाजमा शान्ति, एकता र सहअस्तित्व प्रवर्द्धन गर्न धार्मिक तथा आध्यात्मिक संस्थाहरूको भूमिकाको प्रशंसा गरे । उनले भने, “सत्सङ्ग र भक्तिले मानिसमा सद्भाव, सहिष्णुता र मानवीय मूल्यको विकास गर्छ । राज्यले पनि यस्ता संस्थालाई सहयोग र सम्मान गर्नुपर्छ।”

सतलोक आश्रमका प्रतिनिधिहरूले मुख्यमन्त्री र अन्य आगन्तुकहरूलाई स्वागत गर्दै आश्रमका गतिविधि, सेवा कार्य र सामाजिक अभियानबारे जानकारी दिएका थिए ।








