जनकपुर — जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिने भएका छन् । उनलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले प्रकृया पुर्याएर मंगलबार नै पदबाट राजीनामा गर्ने जनाएका छन् । कान्तिपुरसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतको सल्लाहमै आफू पदबाट राजीनामा गर्न लागेको बताए ।
‘जनताले नै चुनेर हामीलाई यो ठाउँसम्म पुर्याएको हो, मुख्यमन्त्री सिंहले भने,‘जनताभन्दा ठूलो कोही पनि छैन । जेन–जेडको आन्दोलनमा जुन प्रकारको क्षति भएको छ, त्यसले दुखी बनाएको छ । जनता आक्रोशि छन् ।’
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिइएको समर्थन पनि फिर्ता लिइएको जानकारी दिएका छन् ।








