२०८२ पुष ३०
२०८२ पुष ३०

फतुवा विजयपुरमा होली मिलन,अबीर–गुलाल लगाएर भावी मेयर उम्मेदवार ज्ञानेन्द्र यादवले दिए शुभकामना 

आरके श्रीवास्तव,रौतहट,२८ गते फागुन । 

रौतहटको फतुवा विजयपुर नगरपालिकामा होली मिलन कार्यक्रम गरिएको छ । होलीको पावन अवसरमा नेपाली काँग्रेसका स्थानीय नेता तथा महाधिवेशन प्रतिनिधि एवम् भावी मेयर उम्मेदवार ज्ञानेन्द्र यादवले होली मिलन समारोह कार्यक्रम आयोजना गरेका थिए ।

होली पर्वमा रमाईलो गरि मनाउने सन्देश दिदै यादवले सदभावको पर्वमा होली रमेर खेल्नु सराहनिय कार्य रहेको बताएका हुन् । होली खेलौ तर अविरको टिका र सदभावको रुपमा खेल्न उनले आग्रह गरेका छन् ।

धुमधामका साथ होली पर्वलाई मनाउनु र सदभाव कायम गर्नु हामी सवैको दायित्व रहेको उहाँले सन्देश दिनु भएको छ । होली मिलन कार्यक्रममा स्थानिय भद्रभलादमी,शिक्षक,बुद्धिजिवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

भावी मेयर प्रत्यासी यादवले होलीलाई हरेकले आफ्नो तर्फबाट विकृतिरहित बनाउने हो भने संस्कृतिको सम्मान हुने बताएका छन् । होलीको दिन झन्झट झमेला हुँदा धेरै परिवारको होली नै बिग्रिने गरेको बताउँदै सबैले आफूलाई नियन्त्रणमा रहेर र अरुलाई कुनै किसिमले बाधा विरोध नगरी होली मान्न सुझाव समेत दिएका छन् ।

यसवर्ष विहिवार पहाडमा होली मनाइदै छ भने तराईमा शुक्रबार हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।