२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

पत्रकार यादवमाथि आक्रमण प्रयास,लोकतान्त्रिक पत्रकार संघ सुनसरीको निन्दा

सुनसरी, कात्तिक १३ गते ।
लोकतान्त्रिक पत्रकार संघ, सुनसरी (कोशी प्रदेश) ले पत्रकार देवराजा यादवमाथि भएको आक्रमण प्रयासप्रति तीव्र निन्दा र आपत्ति जनाएको छ । संघले पत्रकारमाथि भएको आक्रमण प्रयासलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षामाथि गम्भीर चुनौतीको रूपमा व्याख्या गरेको छ ।

 

संघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, सुनसरीको कोशी गाउँपालिका–८ हरिपुर भाण्टाबारी निवासी पत्रकार देवराजा यादवमाथि बुधबार साँझ समाचार संकलनका क्रममा कोशी व्यारेजस्थित भन्सार कार्यालय अगाडि केही भन्सार एजेन्ट तथा व्यापारीहरुले आक्रमण प्रयास गरेका थिए ।

 

विज्ञप्तिमा उल्लेख गरिएको अनुसार, समिम शेख नामका व्यक्तिले पत्रकार यादवको माइक र बुम तोडफोड गर्दै शारीरिक आक्रमणको प्रयास गरेका थिए । पीडित पत्रकार यादवले घटनापछि आफ्नो सुरक्षाको माग गर्दै सम्बन्धित निकायलाई मौखिक जानकारी गराइसकेका छन् ।

 

घटनाबारे प्रतिक्रिया दिँदै सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले मौखिक जानकारी प्राप्त भएको र लिखित उजुरी आएपछि प्रहरीलाई छानबिन र कानुनी कारबाहीका लागि निर्देशन दिने बताएका छन् ।

संघका सुनसरी जिल्ला अध्यक्ष सितेश कुमार दासले पत्रकारमाथिको यस्तो आक्रमण प्रयास प्रेस स्वतन्त्रतामाथिको अतिक्रमण भएको बताउँदै दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन् । उनले राज्यका सुरक्षा निकाय र प्रशासनलाई घटनाप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै, पत्रकार देवराजा यादवको सुरक्षाको पूर्ण जिम्मेवारी राज्यले लिनु पर्ने बताएका छन् ।

संघले विज्ञप्तिमार्फत पत्रकार यादवप्रति ऐक्यबद्धता जनाउँदै भविष्यमा यस्ता घटनाहरू नदोहर्याउन आवश्यक कानूनी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।