२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा रौतहटमा स्थानीय नेतासँग भेटघाट

 

बज्जिकाञ्चल संवाददाता,रौतहट,असाेज १० गते । 

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज रौतहटको गौरमा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयको निरीक्षण गर्नु भएको छ । निरीक्षणको क्रममा जेनजी आन्दोलनमा पार्टी कार्यालयको भौतिक संरचना क्षति , कार्यसम्पादन अवस्था तथा संगठनात्मक विषयमा जानकारी लिनुका साथै स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट समेत गर्नुभयो ।

 

उक्त कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सभापति तथा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) समेत सहभागी हुनुहुन्थ्यो । उहाँसँगै जिल्ला तथा नगर तहका नेताहरू, युवा नेता, महिला नेतृहरू र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

महामन्त्री शर्माले कार्यक्रममा बोल्दै जेनजी आन्दोलन पछि उत्पन्न परिस्थिति सँग जुध्दै पार्टीले समग्र मुलुकको विकास, लोकतन्त्र र संविधानकाे संरक्षण र जनताको अधिकार सुनिश्चित गर्न निरन्तर लागिरहेकाले सबै कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आग्रह गर्नुभयो ।

 

सभापति यादवले पनि आफ्नो मन्तव्यमा जेनजी आन्दोलन पछि जिल्लामा पार्टीको गतिविधि विस्तार र जनताको विश्वास जित्नका लागि सबै तहमा समन्वय र एकता अपरिहार्य रहेको बताए ।

 

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।