२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

नेपालले वेस्टइन्डिजमाथि ऐतिहासिक जित दर्ज गरेपछि उपराष्ट्रपति यादवबाट बधाई

काठमाडौं,असाेज १२ गते ।

युनिटी कप अन्तर्गत संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रंगशालामा सम्पन्न ऐतिहासिक खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसि) को पूर्ण सदस्य राष्ट्र तथा दुई पटकको ट्वान्टी–२० विश्व विजेता वेस्टइन्डिजलाई पराजित गरेकोमा देशभर खुसी छाएको छ । उक्त ऐतिहासिक सफलतापछि उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले नेपालले प्रदर्शन गरेको उत्कृष्ट बलिङ र अनुशासित फिल्डिङको प्रशंसा गर्दै यस सफलताले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको बढ्दो क्षमताको सशक्त परिचय दिएको बताउनुभएको छ । उहाँले खेलाडीहरू, प्रशिक्षक टोली तथा नेपाल क्रिकेट संघलाई विशेष धन्यवाद दिँदै राष्ट्रको नाम विश्वसामु उजागर गरेकोमा गर्व व्यक्त गर्नुभयो ।

“नेपालले वेस्टइन्डिजजस्तो क्रिकेट महाशक्तिमाथि ऐतिहासिक जित निकालेर सम्पूर्ण नेपालीको मन जितेको छ। यस विजयले खेलकुदमा नेपालको उज्ज्वल भविष्य संकेत गरेको छ,” उपराष्ट्रपतिज्यूले भन्नुभयो । उहाँले आगामी खेलहरूमा पनि नेपाली टोलीले यस्तै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपाली जनताको तर्फबाट राष्ट्रिय टोलीलाई शुभकामना दिनुभएको छ ।

यस ऐतिहासिक जितले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु-याएको छ र आगामी दिनहरूमा अझ ठूलो उपलब्धिको आधार तयार गरेको विश्वास गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।