काठमांडौ,२५ गते भादौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति व्यवस्था कायम राख्न अनुरोध गरेका छन् ।
पछिल्ला दुई दिनमा नेपालमा भएका घटनालाई हृदयविदारक भन्दै उनले सामाजिक सञ्जालमार्फत नेपालमा शान्ति व्यवस्था कायम राख्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई आग्रह गरेका हुन् । आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनु परेकोमा आफ्नो मन विचलित भएको पनि भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
‘आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भयो,’ उनले भनेका छन्, ‘नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ। म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु। वर्ण मेडित








