२०८२ मंसिर १
२०८२ मंसिर १

चितवनमा दुई यात्रुबाहक बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

हनुमत यादव,गाैर,कार्तिक १४ गते । 

गौर र जनकपुर बाट काठमाण्डौतर्फ जादै गरेको यात्रुबाहक बस चितवनमा गएराती करिब पौने २ बजे भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुई यात्रुबाहक बस र एक ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् ।

 

घटनामा गौरबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस र जनकपुरबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस, ईट्टा लोड गरेर पार्कीङ गरी राखिएको ना ६ ख ८१३ नम्बरको ट्रकसँग ठोक्किएका थिए ।

 

दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट गएको सुरक्षाकर्मी टोलीले घाइते यात्रुहरूको तत्काल उद्धार गरेको थियो। उद्धार गरिएका घाइतेमध्ये १५ जनालाई चितवन मेडिकल कलेजमा, १३ जनालाई नेशनल सिटी अस्पतालमा र ५ जनालाई भरतपुर अस्पतालमा भर्ना गरी उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

 

दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुमानअनुसार तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।

घाइतेहरुको नामावली यस प्रकार छन् ।

१. उदयपुर त्रियुगा–१० का सार्थकबाबु क्षेत्री (२०), मध्यम

२. धनुषा जनकपुर–१७ का सदाकत मियाँ (३९), मध्यम

३. धनुषा जनकपुर–१७ का नरेन्द्र शाह (५२), सामान्य

४. रौतहट गौर–५ का मुकेश कुमार केसरी (४१), मध्यम

५. धनुषा जनकपुर–७ का समिर अन्सारी (१७), सामान्य

६. महोत्तरी पिपरा–१ की गीता देवी यादव (५०), सामान्य

७. रौतहट राजदेवी–१ का कृष्ण कुमार साह, मध्यम

८. धनुषा जनकपुर–१ का बसन्त झा (४६), सामान्य

९. धनुषा जनकपुर–४ का मुकेश लाल कर्ण (४९), सामान्य

१०. धनुषा जनकपुर–४ की अन्जु कर्ण (३४), सामान्य

११. धनुषा जनकपुर–४ का आरुष कर्ण, सामान्य

१२. महोत्तरी पिपरा–१ का राम क्षेत्री (३७), सामान्य

१३. रौतहट राजदेवी–१ का अनिकेत कुमार साह (२०), मध्यम

१४. रौतहट बृन्दावन–३ का आरभ मिश्र (११), मध्यम

१५. धनुषा लक्ष्मीनिया–४ की विधा चौधरी (१९), मध्यम

 

नेशनल सिटी अस्पतालमा उपचाररत घाइतेहरू

१. धनुषा जलेश्वर–५ का आदित्य कुमार सिंह (२०), सामान्य

२. धनुषा जलेश्वर–५ की रेखा सिंह (४३), सामान्य

३. धनुषा जलेश्वर–५ की अञ्जली सिंह (२१), सामान्य

४. भारत मोतिहारीका सुनिल प्रसाद (३२), सामान्य

५. भारत मोतिहारीकी सुभद्रा कुमारी चौधरी (२५), सामान्य

६. भारत मोतिहारीकी प्रिया जैशवाल (७), सामान्य

७. भारत मोतिहारीकी कृती जैशवाल (४), सामान्य

८. धनुषा जनकपुर–८ का आलोक कुमार राउत (२८), सामान्य

९. रौतहट राजदेवी–२ का मोनु कुमार महतो (२१), सामान्य

१०. रौतहट गौर–९ की गम्भिरादेवी ठाकुर (६६), सामान्य

११. रौतहट गरुडा–७ का विजय साह (५०), सामान्य

१२. रौतहट गरुडा–७ की उर्मिला कुमारी साह (४०), सामान्य

१३. रौतहट बृन्दावन–३ की सुनिता देवी मिश्र (६२), मध्यम

 

भरतपुर अस्पतालमा उपचाररत घाइतेहरू

१. रौतहट दुर्गावती–२ का राजकिशोर दास (३०), सामान्य

२. रौतहट दुर्गावती–२ का राजु दास (२५), सामान्य

३. भारत मोतिहारीका महमद साहेब (२२), सामान्य

४. रौतहट माधवनारायण–५ का रोशी कुमार साह (१९), सामान्य

५. धनुषा लक्ष्मीनिया–४ की दिव्या चौधरी (१९), मध्यम

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।