आरके श्रीवास्तव,रौतहट,भदौ ३१ गते ।
मधेश प्रदेश अन्तर्गत रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार, गौरस्थित कारागार कार्यालयबाट भागेका केही कैदीहरू प्रहरी सम्पर्कमा आएका छन् भने अन्य कैदीहरूको खोजी कार्य अझै जारी रहेको छ ।
कारागार कार्यालय, गौरबाट २०८० साल भदौ २४ गते भागी फरार भएका ती कैदीहरूमध्ये सम्पर्कमा आएकाहरूलाई कारवाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । प्रहरीका अनुसार अझै सम्पर्कमा नआएका कैदीहरूलाई अविलम्ब नजिकको प्रहरी कार्यालय वा गौर कारागार कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार,
> “सम्पर्कविहीन कैदीहरूले स्वयं उपस्थित भएर जानकारी गराउनुपर्छ। अन्यथा, प्रहरी वा कारागारको सम्पर्कमा नआई फरार रहेमा कारागार ऐन २०७९ को दफा ४९ को (ग) बमोजिम, अझै थप ५ वर्षसम्म कैद सजाय तोकिएको छ।”
यस सन्दर्भमा जिल्लाको सूचना सम्प्रेषण शाखाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै पक्षलाई सहयोग गर्न र जानकारी भएमा फोन नम्बर ९८५५०४०९९९ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय राैतहटका अनुसार, सुरक्षा व्यवस्था थप कडा पारिएको छ र घटनाको अनुसन्धान तीव्र गतिमा अगाडि बढिरहेको छ ।








