२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

गौर कारागारबाट फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह

आरके श्रीवास्तव,रौतहट,भदौ २६ गते ।

जिल्ला प्रशासन कार्यालय, गौर रौतहटले एक महत्वपूर्ण सूचना जारी गर्दै कारागारबाट फरार भएका कैदीवन्दीहरूलाई तुरुन्त आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

 

प्राप्त सूचनाअनुसार, मिति २०८२ भदौ २४ गते गौरस्थित कारागार कार्यालयमा भएको आन्दोलनको क्रममा केही कैदीवन्दीहरू फरार भएका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालयले मिति २०८२/०५/२६ मा विज्ञप्ति प्रकाशित गर्दै फरार कैदीहरूलाई नजिकको प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न सूचित गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिनोद कुमार खड्का द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “फरार कैदीवन्दीलाई कसैले लुकाएको वा आश्रय दिएको पाइएमा प्रचलित कानुनअनुसार कडा कानुनी कारबाही गरिनेछ।

 

” प्रशासनले सर्वसाधारण नागरिकहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै कुनै व्यक्ति वा गतिविधि शंकास्पद लागेमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ । सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने र शान्ति सुव्यवस्था कायम राख्नका लागि प्रशासन गम्भीर बनेको जनाइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।