२०८२ मंसिर १
२०८२ मंसिर १

गृहमन्त्री अर्यालद्वारा पदभार ग्रहण, मृतकको सम्मानका लागि शोक दिवस मनाउने निर्णय

काठमाडौं,३० गते भादो ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथ लिएपछि उनले पदभार सम्हालेका हुन् ।

 

 

पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन्। मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि उनले गरेका छन् ।

 

 

कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन जना मन्त्रीहरु नियुक्त भएका छन् । ऊर्जा र भौतिक तथा सहरी विकासमा कुलमान घिसिङ, अर्थमा रामेश्वर खनाल र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्याल मन्त्रीमा नियुक्त भएका हुन्। सभार आर्थिक न्यूज

 

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।