२०८२ मंसिर १
२०८२ मंसिर १

गुजरामा नयाँ प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माद्वारा पदभार ग्रहण

आरके श्रीवास्तव,राैतहट,१७ गते कार्तिक ।
राैतहटकाे गुजरा नगरपालिकामा लामो समयपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएका छन् । उप–सचिव शान्ति विश्वकर्माले आज एक विशेष समारोहबीच प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको हो ।
नगरप्रमुख सन्तलाल चौधरीले नव प्रमुख प्रशासकीय अधिकृत विश्वकर्मालाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गुजरा नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण प्रशासनिक कामकाज प्रभावित हुँदै आएको थियो । अब शान्ति विश्वकर्माको नेतृत्वमा नगरपालिका पुनः गति लिनेछ भन्ने विश्वास छ।”
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका कर्मचारीहरूले तलब–भत्ता समेत पाउन नसक्ने अवस्था सिर्जना भएको थियो । यसले नियमित सेवासुविधा र विकास निर्माणका कामहरूमा समेत असर पारेको थियो । दशैं, तिहार र छठ जस्ता प्रमुख पर्वहरूमा समेत कर्मचारीहरूले तलब नपाएका कारण असहज परिस्थितिको सामना गर्नुपरेको बताइन्छ ।
नगरप्रमुख चौधरीले नगरपालिकाको तर्फबाट विश्वकर्मालाई पूर्ण सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाउँदै धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा नगर कार्यपालिकाका पदाधिकारी, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा नयाँ प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गर्नुभएको हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।