२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

गुजरामा नगरप्रमुख चाैधरीले गरे बिधालय भवन उदघाटन 

आरके श्रीवास्तव,राैतहट,२६ गते भदौ । 

राैतहटकाे गुजरा नगरपालिका वडा नम्बर १ को श्री आधारभूत बिधालय मनहर्वामा चार/चार कोठाकाे दुई वटा  भवन उदघाटन भएको छ । नगर प्रमुख सन्तलाल चाैधरीले एक कार्यक्रमका बिच गत भदौ २४ गते उदघाटन गर्नु भएको हाे ।

गुजरा नगरपालिकाले शिक्षा क्षेत्रमा सराहनीय कार्य गर्दै गईरहेकाे छ । साे नगरपालिकाले सामुदायिक बिधालयहरूकाे भाैतिक संरचना सुधार गर्न कम्मर कसेर अगाडि बढिरहेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ४६ लाख र नगर स्तरीय याेजनाकाे ४६ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनकाे साेमबार एक कार्यक्रमका बीच नगर प्रमुख चाैधरीले उदघाटन गर्नु भएको शिक्षा शाखा प्रमुख शिव मंगल साहले जानकारी गराएका हुन् ।

    साे बिधालयमा आठ काेठाकाे भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकाेठाकाे अभावमा केही समाधान हुने भएको छ  । गुजरालाई शिक्षाको हब समेत बनाउन शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेकाे नगरप्रमुख चाैधरीले बताए ।

     साे अवसरमा गुजरा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत बिनाेद जयसवाल,शिक्षा संयाेजक शिवमंगल शाह,प्रअ रामबिलास प्रसाद साह,विव्यस अध्यक्ष रामचन्द्र चाैधरी लगायत शिक्षक-शिक्षिका, छात्रछात्रा,स्थानीय भद्रभलादमी, बुद्धिजीवी,शिक्षाप्रेमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।