आरके श्रीवास्तव,राैतहट,असाेज १३ गते ।
राैतहटकाे गरूडा नगरपालिका वडा नं. १, जयनगरमा बसोबास गर्ने दलित, गरिब तथा विपन्न वर्गकी एकल महिला मीना खातुन ओस्ताकी २३ वर्षीया छोरीको विवाहको लागि वडा अध्यक्ष शेख वहाब ज्यूले व्यक्तिगत रूपमा नगद आर्थिक सहयोग गर्नु भएको छ ।
विपन्न वर्गका नागरिकको पीडा बुझ्दै वडा अध्यक्ष वहाबले मानवीय भावना र सामाजिक उत्तरदायित्वको उदाहरणीय परिचय दिनु भएको हो । उहाँको सहयोगले विवाहको तयारीमा सहजता पुगेको पीडित परिवारको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण विवाह गर्न कठिनाइ भएको समयमा वडा अध्यक्षको सहयोगले ठूलो राहत मिलेको बताइएको छ ।

वडा अध्यक्ष शेख वहाबले यस्ता सामाजिक कार्यहरूलाई प्राथमिकतामा राख्दै अगामी दिनहरूमा पनि यस्तै खालका सहयोग गर्न आफू सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भयो, “समाजका सबै वर्गसँग सहकार्य गर्दै हामीले एक आपसमा सहयोग र सद्भावकाे भावना विकास गर्नुपर्छ । यो सहयोग मेरो व्यक्तिगत प्रयास हो, तर यसले अरूलाई पनि प्रेरणा देओस् भन्ने चाहना छ।”
स्थानीय बासिन्दाहरूले वडा अध्यक्षको यस कार्यको खुलेर प्रशंसा गरेका छन् । विपन्न तथा दलित समुदायप्रति देखाइएको संवेदनशीलता र सहयोगको भावना अन्य जनप्रतिनिधिहरूका लागि पनि उदाहरणीय बन्न सक्छ ।
सामाजिक न्याय, समावेशिता र समानताको मार्गमा अग्रसर हुँदै वडा नं. १ का वडा अध्यक्ष शेख वहाबले देखाएको यो सद्भावपूर्ण कदमले समुदायमा सकारात्मक ऊर्जा र भरोसा थपिएको छ ।








