बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १२ गते ।
रौतहटकाे गरूडामा भएको मेयर कप क्रिकेट प्रतियोगिता सिजन ४ अन्तर्गत पहिलो खेलमा गत सिजनका विजेता गेडही टिमले गरुडा यूथ क्लबलाई १६९ रनको फराकिलो अन्तरले पराजित गर्दै सशक्त सुरुवात गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको गेडही गेठ्ठी टिमले निर्धारित ओभरमा २ सय २२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । टिमका तर्फबाट पंकजले ६६ रन, दिपेसले ७६ रन तथा मनिषले ३८ रन बनाउँदै टिमलाई सशक्त स्थितिमा पुर्याए ।
जवाफी ब्याटिङमा उत्रिएको गरुडा यूथ क्लब २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा जम्मा ५२ रनमा समेटिँदै खेल गुमाएको हो । गेडही टिमका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वी टोलीलाई दबाबमा राख्न सफल भए ।
१५२ रनको शानदार जितसँगै गेडही टिमले सिजन ४ मा विजयी सुरुवात गरेको छ । टिमका खेलाडीहरूको उत्कृष्ट समन्वय र प्रदर्शनका लागि स्थानीय क्रिकेटप्रेमी तथा समर्थकहरूले प्रशंसा व्यक्त क्रिकेटप्रेमी हाेसनारायण यादवले जानकारी गराउनु भएको हाे ।
गत वर्षको उपाधि विजेता गेडही गेठ्ठी टिमलाई पुनः सशक्त प्रदर्शनका लागि अनेक शुभकामना र धन्यवाद व्यक्त गरिएको छ । आजै भएको एक कार्यक्रमका बिच नगर प्रमुख कन्थमनी जयसवालले गरूडा मेयर कपकाे समुदघाटन गर्नु भएको थियोे । साे अवसरमा गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवाल सहितका जनप्रतिनिधिहरूकाे सहभागीता रहेको थियो ।








