गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् । मंगलबार (भदौ २४) उनले राजीनामाको घोषणा गरेका हुन् ।
‘जेनजी’ पुस्ताको प्रदर्शनमा केन्द्र सरकारले दमन गरेको र १९ जनाको मृत्यु भएको उनले उल्लेख गरेका छन् । उनी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का तर्फबाट मन्त्री बनेका हुन् ।
मन्त्रीबाट फिर्ता हुन पार्टीले पनि निर्देशन दिएको उनले जनाएका छन् । उनी नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।








