२०८२ मंसिर १
२०८२ मंसिर १

कटहरिया नगरपालिकाका करार र ज्यालादारी कर्मचारीको तालाबन्दी दोश्रो दिन पनि जारी

बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक १३ गते । 

रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले बुधबारदेखि सुरू गरेको तालाबन्दी शुक्रबार दोश्रो दिन पनि जारी राखेका छन् । तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्ट कर्मचारीहरूले नगरपालिका मातहतका वडा नं. १ देखि वडा नं. ९ सम्मका सबै वडा कार्यालयहरूमा तालाबन्दी गर्दै नगरपालिका कार्यालयसमेत बन्द गरेका हुन् ।

कर्मचारीहरूले विगतमा गरेको आन्दोलनका क्रममा नगरपालिकाले दिपावली र छठ पर्व अगावै बाँकी तलबभत्ता भुक्तानी गर्ने लिखित आश्वासन दिएको भए पनि त्यो कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

२०८२ कार्तिक १२ गते बसेको कर्मचारीहरूको बैठकले शान्तिपूर्ण रूपमा तालाबन्दी र “धारणा कार्यक्रम” अगाडि बढाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार उनीहरूले औपचारिक रूपमा कटहरिया नगरपालिकाका कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । साथै, बोधार्थका लागि जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहट, तथा वडा नं. १ देखि ९ का वडा कार्यालयहरूमा पनि ज्ञापनपत्र पठाइएको छ ।

कर्मचारीहरूको भनाइमा, “हामीले लामो समयदेखि नगरपालिकाको सेवा सुम्पिँदै आएका छौं, तर तलबभत्ता नपाउँदा दैनिक जीवन प्रभावित भएको छ। जबसम्म बक्यौता रकम भुक्तानी हुँदैन, हामी शान्तिपूर्ण आन्दोलन जारी राख्नेछौं।”

यस विषयमा बुझ्न कटहरिया नगरपालिकाका कार्यालय प्रमुख गणेश नेपालीलाई सम्पर्क गर्न खोज्दा फोन उठाइएको छैन।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।