२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

कटहरियामा १५० युवालाई लक्षित मानसिक स्वास्थ्य तालिम सम्पन्न

आरके श्रीवास्तव,राैतहट,असाेज ०२ गते ।
“समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” भन्ने नाराका साथ कटहरिया बजारस्थित विवाह मण्डप भवनमा एक दिने युवा मानसिक स्वास्थ्य तालिम सम्पन्न भएको छ । नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा तथा लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य र कटहरिया नगरपालिका वडा नं. ४ को समन्वयमा सम्पन्न तालिममा करिब १५० जना युवाहरूको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कटहरिया वडा नं. ४ का वडाध्यक्ष चन्दन कुशवाहाले युवा पुस्ताले मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “समृद्ध राष्ट्र निर्माणका लागि युवा सशक्त हुनु आवश्यक छ, र सशक्तताको आधार मानसिक सन्तुलन हो । यस प्रकारका तालिमहरूले युवालाई आत्ममूल्यांकन गर्ने र सही निर्णय लिन मद्दत गर्छ।”

कार्यक्रमका आयोजक संस्था नेपाल युवा नेतृत्व विकास केन्द्रका प्रतिनिधि रिजवान बडाईले तालिमको उद्देश्य र आवश्यकता स्पष्ट पार्दै भन्नुभयो, “युवाहरूलाई आत्ममूल्य र आत्मबलको विकास गराउँदै उनीहरूलाई मानसिक रूपमा सशक्त बनाउने हाम्रो अभियान हो। मानसिक स्वास्थ्यबारे खुला संवाद गर्ने संस्कार विकास गर्न यस्ता तालिम अत्यावश्यक छन्।”

तालिमका प्रमुख प्रशिक्षक तथा कटहरिया नगरपालिकाका स्वास्थ्य संयोजक दिनेेश प्रसाद यादवले युवाहरूबीच बढ्दो मानसिक तनाव, डिप्रेसन, र आत्महत्या जस्ता समस्याबारे तथ्यसहित प्रष्ट पार्नुभयो । उहाँले मानसिक स्वास्थ्यलाई शरीरको स्वास्थ्य सरह ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा सामाजिक अभियन्ता सोनु कुशवाहाले भन्नुभयो, “युवाहरूले मानसिक समस्यालाई लुकाउने होइन, खुलेर कुरा गर्नुपर्छ । समस्या चिर्न सक्ने शक्ति युवासँग नै हुन्छ।” अर्का वक्ता रामअधार यादवले मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने यस्ता तालिमहरू विद्यालय र समुदायस्तरसम्म लैजानु पर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा पत्रकारहरूले केही युवा पुस्ताहरू गलत कुलतमा फसेर मानसिक तनावकाे सिकार बनेकाे खुलासा गरेका थिए । मानसिक रूपमा सशक्त युवाबिना देशको विकास सम्भव छैन।”

तालिममा इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले घरेलु हिंसा, आत्महत्या, लागूपदार्थ दुरुपयोग जस्ता सामाजिक समस्याका कारण युवामा देखिने मानसिक तनावबारे जानकारी दिनुभयो । उहाँले यस्तो अवस्थाबाट उम्कन परिवार, समाज र राज्यको त्रिस्तरीय सहयोग आवश्यक हुने बताउनुभयो ।

कार्यक्रमले सहभागी युवाहरूमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्था नेपाल युवा नेतृत्व विकास केन्द्रले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।