२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

कटहरियामा करार तथा ज्यालादारी कर्मचारीको तालाबन्दी तेस्रो दिन पनि जारी

आरके श्रीवास्तव,रौतहट, कार्तिक १४ गते । 

रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले सुरु गरेको तालाबन्दी शुक्रबार तेस्रो दिन पनि जारी रहेको छ । तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्ट कर्मचारीहरूले बुधबारदेखि नगरपालिका मातहतका वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय तथा नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।

कर्मचारीहरूले विगतमा गरेको आन्दोलनका क्रममा दिपावली र छठ पर्व अगावै बाँकी तलबभत्ता भुक्तानी गर्ने नगरपालिकाको लिखित आश्वासन कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । उनीहरूको भनाइमा लामो समयदेखि सेवा दिँदै आए पनि पारिश्रमिक नपाउँदा दैनिक जीवन नै प्रभावित भएको छ ।

२०८२ कार्तिक १२ गते बसेको कर्मचारीहरूको बैठकले शान्तिपूर्ण रूपमा तालाबन्दी र “धारणा कार्यक्रम” अगाडि बढाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार उनीहरूले औपचारिक रूपमा कटहरिया नगरपालिकाका कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् भने बोधार्थका लागि जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहट, तथा वडा नं. १ देखि ९ का वडा कार्यालयहरूमा पनि ज्ञापनपत्र पठाइएको छ ।

कर्मचारीहरूको आन्दोलनमा कटहरिया नगरपालिकाका पूर्व नगरप्रमुख सियाराम कुशवाहाले पनि ऐक्यबद्धता जनाएका छन् । उनले करार तथा ज्यालादारी कर्मचारीहरूको तलबभत्ता तुरुन्त उपलब्ध गराउन नगरपालिकालाई आग्रह गर्दै “काम गरेको पारिश्रमिक पाउनु त उनीहरूको अधिकार हो” भन्ने अभिव्यक्ति दिएका छन् ।

यस विषयमा बुझ्न कटहरिया नगरपालिकाका कार्यालय प्रमुख गणेश नेपालीलाई सम्पर्क गर्ने प्रयास गर्दा फोन उठाइएन् ।

कर्मचारीहरूले चेतावनी दिएका छन् — जबसम्म बक्यौता तलबभत्ता भुक्तानी हुँदैन, उनीहरूको शान्तिपूर्ण आन्दोलन निरन्तर रहनेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।