२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

ओमानसँग पनि नेपाल पराजित

काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत ओमानविरुद्ध पनि पराजित भएको छ । जारी सिरीजको दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।

नेपालले दिएको २२१ रनको लक्ष्य पछाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ४१ रन बनाए भने कश्यप प्रजापतिले ३६, कप्तान आकिब इलियासले २९ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर गुलशन झाले सर्बाधिक ५ विकेट लिएका थिए भने किरण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ६० रन बनाए भने गुलशन झाले ५३ तथा आरिस सेखले ३५ रन बनाएका थिए ।

जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । यस अघि क्यानडासँग नेपाल १०३ रनले पराजित भएको थियो । लिग-२ को अंक तालिकामा नेपालको ६ खेलमा २ अंक मात्र रहेको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै ओमानको भने ५ खेलमा५ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । न्युज कारखाना

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।