२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

आजपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, २ असोज
आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक बस्दैछ । नयाँ तथा विकशित परिस्थितिबारेमा धारणा बनाउन शनिबार (४ असोज) काठमाडौंमा केन्द्रीय कमिटी बैठक आजपाले बोलाएको हो ।

आजपा केन्द्रीय कार्यालयका सदस्य त्रिभुवन साहले पछिल्लो राजनीतिक अवस्थाको बारेमा धारणा बनाउन केन्द्रीय कमिटीको बैठक बस्न लागेको जनाएका छन् । नेपाली जनताले सबै कुरा अस्वीकार गरिसकेको अवस्थामा पुरानै व्यवस्थालाई स्वीकार गर्न नसकिने उनले बताए ।

संघीय सरकारमात्र नभई ७६१ वटै सरकार र सबै निकाय भ्रष्टाचारमा लिप्त भएकाले संघीय सरकार परिवर्तन गरेर नेपाली जनताको अवस्था परिवर्तन नहुने आजपाले जनाएको छ ।

नयाँ संविधान र नयाँ सरकारको माग गर्दै आएको आजपाको अब बस्न लागेको केन्द्रीय कमिटी बैठकले के निर्णय गर्ने र कस्तो बाटो तय गर्ने भन्ने चासोका साथ हेरिदैछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।