२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

अहिलेकाे घटना सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्छ :महामन्त्री सेराज

बज्जिकाञ्चल संवाददाता,भदाै २४ गते । 

नेपाली जनसम्पर्क समिति, ओमानका महामन्त्री मो. सेराजले वर्तमान गठबन्धन सरकार जनताको विश्वास र आकांक्षाअनुसार अघि बढ्न असफल भएको स्पष्ट आरोप लगाएका छन् ।

उनले दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर जनतालाई सुशासनको प्रत्याभूति दिने गरी बनाइएको गठबन्धन सरकारले नै त्यो विश्वास तोडेको बताए । “सत्तामा पुगेपछि जनताको म्यान्डेट बिर्सेर नेताहरू व्यक्तिगत वा गुटगत स्वार्थमा केन्द्रित हुनु दुर्भाग्यपूर्ण हो,” उनले भने, “यस्तो प्रवृत्तिले मुलुकलाई अझै पछाडि धकेलिरहेको छ।” महामन्त्री सेराजले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताको अपेक्षा अनुसार जिम्मेवार भूमिका खेल्न नसकेको भन्दै अविलम्ब राजिनामा दिन सुझाव दिएका छन् ।  त्यस्तै, नेपाली कांग्रेसप्रति समेत उनले आलोचनात्मक दृष्टिकोण राख्दै गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताए।

“गठबन्धनमा बसिरहने वा नयाँ जनअपेक्षाअनुसारको विकल्प रोज्ने विषयमा कांग्रेसले अब पुनर्विचार गर्नुपर्छ,” सेराजले जोड दिए। उनका अनुसार अबको नेपाली राजनीति जनताको विश्वास, सुशासन र जवाफदेहितामा आधारित हुनुपर्ने समय आएको छ। “देशलाई अगाडि बढाउन राजनीतिक नेतृत्वले गम्भीर जिम्मेवारीका साथ आत्मसमीक्षा गर्न आवश्यक छ,” उनले अन्त्यमा भने।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।