२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

असोज ३ लाई लाेसपा नेपालले मनायो कालाे दिन शाेक दिन 

काठमाडौं, असोज ३ – संविधान दिवसका अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले आज असोज ३ गतेलाई ‘कालो दिन’ तथा ‘शोक दिवस’का रूपमा मनाएको छ । पार्टीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरूले संविधानप्रति गम्भीर असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका थिए ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले कार्यक्रममा सम्बोधन गर्दै भने, “असोज ३ को संविधानले सबै जाति, वर्ग, समुदायलाई न्याय र समावेशी अधिकार दिन सकेन । यो संविधान हाम्रा सपना र आन्दोलनको अपमान हो।” उनले संविधान निर्माणको प्रक्रियामै मधेस र थरूहट आन्दोलनका आवाजहरू उपेक्षा भएको उल्लेख गर्दै, जेनजी आन्दोलनमा सहादत भएका वीर युवाहरूकाे समझनामा यो दिनलाई ‘शोक’ र मधेसी विराेधी संविधानकाे विरूद्वमा ‘कालो दिन’का रूपमा मनाउनु बाध्यता भएको बताए ।

वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पनि संविधानले मधेस, जनजाति, मुस्लिम, थारू लगायतको पहिचान र अधिकार सुनिश्चित गर्न नसकेको आरोप लगाए । उनले भने, “हामीले लडेका थियौं समान अधिकारका लागि, तर संविधानले त झन् विभाजन बढायो । यसैले आजको दिन हाम्रो लागि खुसी होइन, पीडाको दिन हो।”

कार्यक्रममा उपस्थित अन्य नेताहरूले बरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल,महासचिव मनीष मिश्रले पनि संविधान संशोधनको आवश्यकता तत्काल रहेकोमा जोड दिएका थिए ।  कार्यक्रममा कालो झण्डा देखाएर विरोध प्रकट गरिएको थियो भने सहभागीहरूले कालोपट्टी बाँधेर संविधानप्रति असन्तुष्टि जनाएका थिए ।

कार्यक्रममा संविधान दिवसलाई ‘शोक दिवस’को रूपमा मनाउनुको राजनीतिक सन्देश मात्र नभई मधेस केन्द्रित आन्दोलनको निरन्तरताको संकेतसमेत गरिएको नेताहरूले जनाएका छन् ।

कार्यक्रम सञ्चालन पार्टीका उपाध्यक्ष तथा प्रवक्ता डा. आभास लाभले गर्नु भएको थियो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।