२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

अविरल वर्षाले मौलापुर–हरनहिया–कलैया सडक खण्ड बगायो,आवागमन पूर्ण रूपमा ठप्प

आरके श्रीवास्तव,राैतहट,असाेज २० गते । 

अविरल वर्षाका कारण मौलापुर, सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने प्रमुख सडक खण्ड बगिएको छ । भारी वर्षासँगै आएको बाढीले कालोपत्रे सडक पूर्ण रूपमा बगाएपछि सो सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

 

स्थानीय बासिन्दा रूपेश श्रीवास्तवका अनुसार, जयनगरदेखि मौलापुर हुँदै कलैयासम्मको यात्रा गर्ने यो सडक खण्ड अत्यधिक व्यस्त मानिन्छ । तर सडक बगिएपछि यात्रु र सवारी चालकहरू विचलित भएका छन् । सडक बग्ने क्रममा कालोपत्रे भाग च्यातिएर बगिरहेको दृश्य स्थानीयहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन् ।

सडक अवरुद्ध भएपछि यात्रुहरूलाई वैकल्पिक मार्गको खोजीमा पर्नु परेको छ । यसै सन्दर्भमा, बानका मधेस प्रदेश संयोजक तथा स्थानीय पत्रकार आर.सी. यादवले जनतालाई सोनारनिया हुँदै सागैया–पिपरिया मार्ग भएर हुलाकी सडक प्रयोग गर्न सुझाव दिएका छन् ।

 

प्राकृतिक विपत्तिका कारण यातायात प्रभावित हुँदा स्थानीय जनजीवन प्रभावित भएको छ । सम्बन्धित निकायले यथाशीघ्र सडक मर्मत तथा वैकल्पिक व्यवस्थाको पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।